
न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।
विहिबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं. १ र ३ बाट जनकपुरमा आईपुगेका ब्याजे साहुहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् । उनीहरु पीडितको भेषमा नाराबाजी गरेका छन् । गाउँमा मिटरब्याजमा पैसा लगानी गरेका साहुहरुले पीडित बनेर नाराबाजी गरेका छन् ।
गाउँमा साहुहरुले अब ब्याजमा ऋण नदिन थालेको भन्दै प्रहरी प्रशासनले मिटरब्याजीलाई कारवाही गर्न नहुने माग उनीहरुको थियो । बैँकले समेत ऋण नदिएपछि साहुहरुको पक्षमा नाराबाजी गरिएको हो ।
यद्यपी, पीडित बनेर आएकाहरुमध्ये ९८ प्रतिशत साहु महाजनहरु नै सहभागीता जनाएका थिए । उनीहरुले गाउँमा लगानी गरेको मिटरब्याजलाई सरकारले कारवाही गर्न थालेपछि महिलाहरुलाई अघि सारेर नारबाजी गर्न लागेका हुन् ।
जानकारी अनुसार, सहभागीहरुमा गाउँमा चर्को ब्याजमा ऋण लगाएकाहरु मात्र थिए ।
सिरहाका मेयर यादवको समूहले अस्पतालको ईमरजेन्सीमा पसेर डाक्टर कुटे
- २०८० जेठ ११ बिहीबार
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिकाका मेयर नविन कुमार यादवको समूहले चिकित्कसमाथि कुटपिट गरेका छन् । शुक्रबार एक विरामी उपचाररत रहेको बेला सिरहाका मेयर यादवसहित उनका समूहले अस्पतालभित्रको आकस्मिक
पूरा पढ्नुहोस्