गाउँघर: कर्जा लेनदेन मर्यादित बनाउन साहुहरुको आन्दोलन 

२०८० जेठ १२ शुक्रबार
बिहान ०८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  सरकारले अनुचित लेनदेन सम्बन्धी अध्यादेश ल्याएर मिटरव्याजीलाई कारबाही गर्ने भएपछि जनकपुरधाममा धनुषा– महोत्तरी लेनदेन संघर्ष समितिले विरोध गर्दै प्रदर्शन गरेका छन् ।

यस समितिले विभिन्न ६ बुँदे मागसहित जनकपुरधाममा प्रदर्शन गरेको छ । उनीहरूले मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरी प्रमाणको आधारमा उजुरी दर्ता गर्ने प्रावधान हुनुपर्ने, लेनदेनसम्बन्धी उजुरीबिना प्रमाण दर्ता नगर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय धनुषा तथा मिटरब्याज जाँचबुझ आयोगमा दर्ता भएका निवेदनहरू हाल जारी भएको मुलुकी देवानीसंहिता २०७४ को ३६ को ३ (ख) बमोजिम जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा लगाउनुपर्ने, आफूहरूले लगाएको लगानीहरू कानुन बमोजिम सावाँ र ब्याजसहित उपलब्ध हुनुपर्ने र लेनदेनको व्यवहारलाई मर्यादित तथा सहज बनाउनुपर्ने माग गर्दै सरोकारवाल निकायमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यी मागहरूसहित उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष विनोद यादवले समाजमा रहेका प्रत्येक मानवलाई दैनिक काम गर्नका लागि एकअर्कासँग कानुन बमोजिम लेनदेन गर्ने हक अधिकार मुलुकी देवानीसंहिता २०७४ को दफा ४७४ मा रहेको र सोही बमोजिम आफूहरूले पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समाजमा आवश्यक पर्ने व्यक्तिमा विगतदेखि नै प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार ऋण लेनदेन गर्दै आएको बताए । 

उनले जनताले घर व्यवहार चलाउनका लागि इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाइ लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् । 

केही गलत प्रवृत्तिको व्यक्तिहरूले लगानीकर्ताहरूलाई विभिन्न किसिमको भय त्रास तथा मिटरब्याजी भनि निवेदन दिने गरेको र विभिन्न किसिमको धाक धम्की दिइ लगानीकर्ताको व्यक्तिगत स्वतन्त्रतामा आघात पुर्याइएको उनको गुनासो छ । उनले आफूहरूको माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

  • 0%
  • 1%
  • 0%
  • 1%
  • 0%
  • 0%

सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै 

  • २०८० जेठ १२ शुक्रबार

एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२

पूरा पढ्नुहोस्

Bureau Menus