कमला नपाका मेयर यादवलाई शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राख्न नेविसंघको सुझाव 

२०८० जेठ १४ आइतबार
रति ८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीबाट निर्वाचित धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवलाई शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर मात्र काम गर्न सुझाव दिइएको छ । 

शनिबार कमला नगरपालिका वडा नं. ५ स्थित भएको कमला नगरपालिका नगर सम्मेलनको क्रममा सहभागीहरुले मेयर यादवलाई कृषि र शिक्षालाई मात्र पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाएका थिए । 

काँग्रेसका नगर सभापति शिवशंकर यादवको अध्यक्षता तथा मेयर यादवको प्रमुख आतिथ्यमा बसेको बैठकबाट नेविसंघ क्षेत्र नं. २ का क्षेत्रीय सभापति जयनाथ यादवले भौतिक पूर्वाधारभन्दा पनि शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु ल्याउन माग गरे । 

उनले नगरपालिकामा अनाहकको योजनाले आम नागरिकहरु असन्तुष्टि जाहेर गरिरहँदा नगर प्रमुखको हैसियतले वर्तमान परिस्थितिलाई अवलम्बन गरी योजनाहरु ल्याउन माग गरे । उनले असारे विकासलाई हटाएर बैशाखभित्रै सबै कार्य सम्पन्न हुने गरी मात्र निर्देशन जारी गर्न सुझाव दिए । 

नगरपालिकाको कागजमा एम्बुलेन्स खरिद भएपनि अझै एम्बुलेन्स सँचालनमा नरहेकोप्रति खेद प्रकट गर्दै बारुण यन्त्र र एम्बुलेन्सको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन शतप्रतिशत गर्न माग उठाए । 

सो कार्यक्रममा नगरसचिव त्रिभुवन यादव (गौत्तम) ले पार्टी हितको लागि सबैले हातोमालो गरिए जनताले विश्वास गर्ने बताए । उनले अब जनता जागरुक हुँदै गएकोप्रति खुसी व्यक्त गर्दै जनभावना बमोजिमको कामहरु गर्न सक्नुपर्ने बताए । 

छलफलको क्रममा सबै तर्फबाट प्रश्न, सुझावहरु सुनेपछि कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले एक एक जवाफ फर्काएका थिए । उनले जनप्रतिनीधि भएर काम गर्न राजनीतिक समस्याहरु आउने गरेको बताए । समावेशी स्थानीय सरकार र मिक्स राजनीतिक सरकार अन्तर्गत कार्य गर्न सजिलो नरहेको बताउँदै पार्टीगत सुझावलाई मनन गरी आगामी बजेट बनाउने प्रतिवद्धता जाहेर गरे ।

पार्टीको हैसियतले नेपाली काँग्रेसप्रतिको आक्रोस बढदै गएकोप्रति सहभागीहरुले समेत आक्रोस पोखे । आफ्नै गल्ती सुधारको आवश्यकता रहेको बताउँदै सहभागीहरुले पार्टीगत हैसियतले यसलाई सुधार गरी नयाँ शीराबाट काम काज थालनी गर्न सुझाव दिएको थियो । 

बैठकमा जिल्ला उपसभापति लक्ष्मीनारायण यादव, जिल्ला सदस्य सुधिर गोईतसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा क्षेत्रीय उपसभापति सुरेश कुमार चौधरी, उपमेयर शिलादेवी मण्डल, युवा नेता अशोक कुमार यादवसहित ९ वटै वडाका वडासभापति, क्षेत्रीय सभापति, क्रियाशिल सदस्यहरु, विद्यार्थी नेताहरु, क्षेत्रीय सचिवहरुको समेत सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

  • २०८० जेठ १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया

पूरा पढ्नुहोस्

Bureau Menus

} }