
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको कृषिमन्त्रीको पदबाट हटाईएका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले ल्याएको योजनाहरु केन्द्र सरकारको बजेटमा समावेश गरिएको छ ।
पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को संघीय बजेटमा कृषिसंग सम्बन्धित विभिन्न योजनाहरु समावेश गरिएको हो ।
जसमध्ये रासायनिक मलका लागी ३० अर्ब अनुदान विनियोजनका कारण मधेश प्रदेशले करीब १ लाख ५० हजार मेट्रिक टन मल प्राप्त गर्ने भएको छ ।
मधेश प्रदेशका सबै १३६ पालिकामा १ जना कृषि स्नातक प्राविधिक जनशक्ति ब्यवस्थापन हुने छ भने मधेश प्रदेशको सबै वार्ड (१,२७०) मा जैविक मल उत्पादन शुरू हुने भएको छ ।
कृषि बीमाका लागी ९५ करोड़ विनियोजन गरिएको हो । कुशवाहा मन्त्री हुँदा ल्याएको योजनामा जंगली जनावरका कारण हुने क्षति न्यूनीकरणका लागी पूर्वाधार निर्माण गर्ने भएको छ। हरेक पालिकामा कृषि बजार ब्यवस्थापनका लागी कृषि उपज बजार स्थल र कोल्ड स्टोर निर्माण हुने भएको छ।
काठमाण्डौ उपत्यकाभित्र चोभार, कागेश्वरी, मनोहरा र बुढानीलकंठमा नया कृषि थोक बजार निर्माण हुने छ, जहाँ मधेशका कृषि उत्पादनले थप बजार पाउने छ।
मधेशको कृषि उत्पादनलाई काठमाण्डौ लगायत अन्य बजार सम्म ढुवानी गर्ने तथा कृषि उत्पादन संकलन गर्ने सहकारीलाई दुवानी साधन खरीदमा राजस्व छुट पाउने छ।
बजेट अनुसार, कृषि उत्पादनको उचित समर्थन मूल्य समय मै तोकिने भएको छ। र सो अनुसार बजार ब्यवस्थापन हुने भएको छ। देशको कूल बजेट, १७ खर्ब ५१ अर्ब ३१ करोड़ मध्ये कृषि क्षेत्रले केवल ५८ अर्ब ९८ करोड़ पाउनु भनेको ३.३६ प्रतिशत मात्र हो।
यस विनियोजन प्रतिशतका हिसाबले यस पालीको बजेटले समष्टिगत रूपमा कृषिलाई प्राथमिकता दिएको छैन्। तैपनि सही तरिकाले बजेट कार्यान्वयन भयो भने धेरै हद सम्म किसानको समस्या समाधान हुन सक्ने पूर्वकृषिमन्त्री कुशवाहाको दाबी छ ।
उदघाटन भएको एक बर्ष भयो तर सँचालन भएन धनौजीको बर्थिङग सेन्टर, कुहिन थाल्यो समाग्री
- २०८० जेठ १६ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानी स्थित धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरको रूपमा उद्घाटन गरेका एक वर्ष पूरा भएका छ्न तर संचालनमा
पूरा पढ्नुहोस्