सँकटमोचनमा टोले गुण्डा–गुण्डी बोलाएर शिक्षकमाथि कुटपिट, हिन्दु सम्राटको नाममा गुण्डागर्दी

२०८० जेठ १७ बुधबार
बिहान ०७:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा समुदायिक विद्यालयहरुमध्ये नाम चलेका सँकटमोचन माविमा भएको शिक्षकमाथि टोले गुण्डा–गुण्डी बोलाएर कुटपिट गरिएको देखिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको सो विद्यालयमा गत आईतबार विद्यालयबाटै रेस्ट्रीकेट हुने अवस्था सृजना गरेकी केही छात्राहरुले टोले गुण्डा र गुण्डी बोलाएर आफ्नै गुरु (शिक्षक)माथि कुटपिट गराएकी हुन् । उनीहरुले आफ्नो अभिभावकलाई नबोलाएर गैर–व्यक्तिहरु बोलाएर कुटपिट गराएको देखिएको छ । 

आईतबार भएको घटनापछि न्यूज ब्यूरोले निरन्तर अनुसन्धान, खोजबिन जारी राखेको अवस्थामा पीडित भनिएकी छात्राहरुले सोही टोलका केही टोले गुण्डा–गुण्डीहरु बोलाएर शिक्षक अखिलेश झामाथि कुटपिट गराइएको छ । 

आईतबार दिउँसो पत्रकारको भेषमा गएका टोले गुण्डा एवम् गुण्डीहरुले शिक्षकमाथि पूर्वाग्रह हुँदै कुटपिट गरेको पाईएको छ । जानकारी अनुसार, उनीहरु हिन्दु सम्राट सेना समूहका व्यक्तिहरु हुन् । हिन्दु सम्राट सेनाकी आफू सेनापति दाबी गर्दै आएकी लक्ष्मी साह नामक महिलाले शिक्षक अखिलेश झामाथि कुटपिट गरेको हो । उनीसँगै हिन्दु सम्राटकै अन्य महिला तथा युवकहरु भिडियोमा देखिएका छन् । 

उनीहरुले समुदायिक विद्यालयको कार्यालयभित्र पसेर शिक्षकमाथि कुटपिट गरेको हो । हिन्दु सम्राट सेनाको नाममा विभिन्न पक्षसँग बार्गेनिङग गरी यस्ता घटनाहरुलाई अन्जाम दिने गरेको बताइएको छ । 

यसरी भयो घटनाः
शिक्षकमाथि आरोप लगाउने केही छात्राहरुको रेकर्ड विद्यालयमा खराब छन् । उनीहरुको बाहिरी क्रियाकलाप र विद्यालय भित्रको क्रियाकलाप समेत विद्यालय प्रशासनलाई अपाच्य भएपछि दर्जनौ पटक चेतावनी दिइएको छ । विद्यालयका प्रधानाध्यापक बलराम साहको डायरीमा ती छात्राहरुको रेकर्डमा अन्तिम फैसला गरी विद्यालयबाट रस्ट्रिकेट गर्ने मात्र विकल्प लेखिएको छ ।

यसअघि कैयौँ पटक अभिभावकलाई बोलाएर ल्याउन प्रधानाध्यापकले उनीहरुसँग सूचना पठाएको थियो । विद्यालय प्रशासनबाट ती छात्राहरुको अभिभावकहरुलाई समेत फोन गरी विद्यालय आउन भनेको बताइएको छ । छात्राहरुको रेकर्ड सन्तोषजनक नभएको बुझेपछि अभिभावक समेत ती छात्राहरुको लागि पैरवी गर्न आएनन् । रष्ट्रिकेट हुने अवस्थाको बारेमा जानकारी पाएपछि ती छात्राले सोही टोलका केही टोले गुण्डा–गुण्डी (गैर–अभिभावक) लाई विद्यालयमा छिराएर आफ्नै शिक्षकमाथि कुटपिट गराइन् ।

छात्राले एक पटक आफूलाई रात राती शिक्षकले फोन गरेर हैरान पारेको बयान दिएकी छन् भने शिक्षक सामु गएपछि कक्षामै सबै विद्यार्थीको सामुन्ने अपशब्दहरु बोलेको आरोप लगाइन् । मिडियामा उनले बोलेकी कुरा र शिक्षकको सामुने बोलेकी कुरामा आकाश पातालको फरक भयो । शिक्षक अखिलेश झा र अरुण कर्णलाई लक्षित गरी योजनाबद्ध तवरले सो घटना हिन्दु सम्राट सेनाका कथित पदाधिकारीहरुले अन्जाम दिए ।

जनकपुरमा सँचालनमा रहेको दुई कोचिँङग सेन्टरबीचको बाहिरी लडाईमा सँकटमोचनकी ती छात्रालाई प्रयोग गरी हिन्दु सम्राट सेनाको नाममा बार्गेनिङग गरी घटना गराएको आरोप छ । आईतबार शिक्षकमाथि कुटपिट गर्नेहरुमध्ये एक जना पनि अभिभावक थिएनन् । सो घटनाको बारेमा अभिभावकलाई केही थाहा थिएनन् । छात्राले सोही टोलका केटाहरु बोलाएर कुटपिट गराएकी हुन् । 

हिन्दु सम्राट सेनाको नाममा बार्गेनिँग र गुण्डागर्दीः
राजेश यादव नेतृत्वको हिन्दु सम्राट सेनाले हिन्दुत्वको पक्षमा वकालत गर्दै आएको छ । उनीहरुको धर्मप्रतिको गतिविधिको चौतर्फी सराहना भईरहेको अवस्थामा हिन्दु सम्राट सेनामै राखिएको लक्ष्मी साहले पटक पटक विवादित कार्यमा सँलग्न हुँदै आएकी हुन् । हिन्दु सम्राट सेनाको लोकप्रियताको फाईदा उठाउँदै साहसहित अन्य युवकहरुले समेत बार्गेनिँग गर्ने, सुपारी लिने कार्यहरुमा सँलग्न हुँदै आएका छन् । सँकटमोचन स्कूलमा भएको घटनामा सरोकार नै नभएको हिन्दु सम्राट सेनाकी लक्ष्मी साहले निहुँ खोजेर शिक्षकमाथि कुटपिट गरेपछि चौतर्फी आलोचना समेत भएको छ । 

उनीहरु छात्राको न अभिभावक हुन त सरोकारबाला निकाय नै । छात्रासँग शिक्षकले दुरव्यवहार गरेको भए उनले प्रअ समक्ष वा आफ्नो अभिभावक समक्ष उजुरी गर्न सकिन्थ्यो । नजिकै रहेको प्रहरीमा समेत उजुरी गर्ने बाटो हुँदाहुँदै योजनाबद्ध तवरले कोचिँगको लडाईले दुई शिक्षकमाथि लक्षित गरी घटना गराईएको हो । जानकारी अनुसार, एक कोचिँग सेन्टरसँग हिन्दु सम्राटका ती सदस्यहरुले रकम उठाएर घटना गराएको हो । 

ती छात्राहरुलाई रष्ट्रिकेट गर्ने तयारीः
आफ्नै शिक्षकमाथि कुटपिट गर्न लगाउने छात्राहरुलाई विद्यालयबाट रष्ट्रिीकेट गर्ने तयारी गरिएको छ । न्यूज ब्यूरोसँगको कुराकानीमा प्रअ बलराम साहले चेतावनी अभर भएकोले उनीहरुलाई विद्यालयबाट सदाको लागि निष्कासन गर्ने तयारी गरिएको बताए । 

विद्यालयमा गुण्डा बोलाएर शिक्षकमाथि कुटपिट गराएको, विद्यालयको शान्ती सुरक्षामा खलल पुरयाएको, विद्यालय मान मर्यादामा खलल पुरयाएको, अभिभावकको साटो गैर अभिभावक र गुण्डाहरु बोलाएर मान मर्दन गरेको भन्दै उनीहरुलाई विद्यालयबाट रष्ट्रिकेट गर्ने तयारी गरिएको बताइएको छ । 

  • 27%
  • 2%
  • 2%
  • 0%
  • 50%
  • 13%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८० जेठ १७ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus