एजेन्सी । टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको
एजेन्सी । टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राखेपछि उनी विरुद्ध ईश्वरनिन्दाको मुद्दा लागेको छ ।
गत मार्च ९ का दिन मुखर्जीले टिकटकमा एउटा भिडिओ क्लिप अपलोड गरेकी थिइन् । भिडिओमा उनका अगाडि एउटा प्लेट देखिन्छ जसमा भात, तरकारी र सुँगुरको छाला राखिएको छ । मुखर्जी मुस्लिम समुदायकी भएकाले उनको धर्ममा सुँगुरको मासु खानु पूर्ण रूपमा प्रतिबन्ध छ ।
“बिस्मिल्लाह, मलाई लाग्छ मैले सुँगुरको मासु खाएँ भने मलाई मेरो परिवारबाट हटाइनेछ,” उनले क्यामेरातर्फ हाँस्दै भनेकी छिन्, किनकि म आज सुँगुरको छाला चाख्न गइरहेकी छु ।”
अपलोड भएको एक हप्तामै उनको भिडिओमा एक करोड ३४ लाख भ्युज आएको थियो, भने कमेन्टमा अधिकांशले उनलाई गाली गरेका छन् ।
भिडिओ भाइरल भएपछि देशको शीर्ष मुस्लिम धर्म गुरु निकायले मुखर्जीको विरुद्ध इस्लामिक कानूनको निर्णय फत्वा Fatwa जारी गरेको थियो । इस्लामिक धर्ममा फत्वा भन्नाले एक योग्य विद्वानद्वारा जारी गरेको कानूनी राय वा निर्णयलाई बुझाउँछ ।
त्यस्तै फत्वामा ‘इन्डोनेसियन उलेमा काउन्सिल’ ले क्लिपलाई निन्दनीय घटनाको रुपमा स्वीकार गरेको भनेर उल्लेख गरिएको छ ।
रेस्ट अफ दि वर्ल्डका अनुसार मार्च १५ मा धार्मिक अधिकारको बलियो प्रतिनिधित्व भएको सहर दक्षिण सुमात्राका एक मुस्लिम धर्मगुरुले पालेम्बाङको प्रहरी कार्यालयमा ती इन्डोनेसियाविरुद्ध उजुरी दिएका थिए ।
उनले इन्डोनेसियाको ईश्वरनिन्दा र द्वेषपूर्ण अभिव्यक्ति कानून अन्तर्गत पाँच वर्षको जेल सजाय भोग्न सक्ने त्यहाँका कानुन विज्ञले रेस्ट अफ दि वर्ल्डलाई भनेका छन् ।
यसो त इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भए पनि, यहाँ मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानुनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।