अदालतले रोक्का गरेको जमिनमा मेयर यादवको डोजर 

२०८० जेठ १९ शुक्रबार
रति ८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले अदालतको आदेशलाई नमान्दै सडक निर्माण कार्य अगाडी बढाएका छन् । 

उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित रहेको स्थानीय पाण्डव यादवको जग्गा अतिक्रमण गरी सार्वजनिक सडक निर्माण गर्न निषेधाज्ञा लगाएको अवस्थामा मेयर यादवले डोजर चलाएका हुन् । 

सो सडकखण्डमा बाटो निर्माणको लागि मेयर यादवले पाण्डवको नीजि जग्गा अतिक्रमण गरी सडक निर्माण गर्न लागेपछि यादवले अदालत गुहारेका थिए । अदालतले सो जग्गामा अन्तिम निर्णय नभएसम्म कुनै कार्य नगराउन अन्तरिम आदेश दिएपनि मेयर यादवले अटेर गरी बाटो खनाएका छन् । 

मेयर यादवले सार्वजनिक बाटो निर्माणको लागि सबैको सहमति भएको अवस्थामा पाण्डव यादवले मात्र बाटो अवरुद्ध गर्नु अनुचित रहेको बताए । उनले पाण्डव लगायत दर्जनौ जनाको केही जमिन सडकमा परेको बताउँदै उनीहरुकै लागि सडक निर्माण गर्दा पाण्डवले निहुँ खोजेको बताए । 

सो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा प्रहरीद्धारा साढे ६ लाखको लत्ताकपडा बरामद

  • २०८० जेठ १९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले साढे ६ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मातहतको विभिन्न ईलाका प्रहरी कार्यालय , प्रहरी चौकीबाट गस्तीमा

पूरा पढ्नुहोस्

Bureau Menus