
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले गाउँपालिकाको लागि करोडौँको बजेट ल्याएका छन् ।
आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि गाउँपालिका अध्यक्ष यादवले करोडौँको बजेट ल्याउन सफल भएका हुन् । आफ्नो गाउँपालिकालाई विकासे रफ्तार दिनको लागि उनले संघीय सरकार र प्रदेश सरकारबाट अतिरिक्त बजेट ल्याउन सफल भएका हुन् ।
सरकारले स्थानीय तहलाई दिने बजेटभन्दा पनि थप बजेट ल्याएका हुन् । सँघीय सरकारबाट उनले खजुरीदेखि कठालसम्मको सडक कालोपत्रे (पीच) सडक बनाउनको लागि ६ करोड बढी बजेट ल्याएका हुन् ।
खजुरीको पर्साहा खजुरी माविदेखि उदहा–कठाल जाने बाटोलाई कालोपत्रे गर्नको लागि उनले संघीय सरकारलाई पठाएको योजना स्वीकृत भएको हो । तीनबर्षे योजना अवधीको पहिलो आर्थिक बर्षमा ६५ लाख रुपैयाँको काम गरिने गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।
उनका अनुसार, सो कालोपत्रेको लागि अधिकतम ३ बर्षको योजना तोकिएको हो । जनकनन्दिनी गाउँपालिका आफू अध्यक्ष भएपछि विभिन्न सडकहरु कालोपत्रे गर्न लागिएको बताए ।
यसका साथै, आगामी आर्थिक बर्षकै लागि जनकनन्दिनी गाउँपालिका वडा नं. २ मा मदरसा निर्माणको लागि २ करोड ९२ लाख र गाउँपालिकाभरि अनौपचारिक शिक्षाको लागि २ करोड रुपैयाँको बजेट ल्याएका हुन् ।
पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको सपना साकार पार्नको लागि अध्यक्ष दिपिनदेव यादवले सो योजना ल्याएको बताए । पूर्वअध्यक्ष शेखले आफ्नो वडामा एक मदरसा निर्माणको लागि पहल सुरु गरेका थिए । अल्पायूमै ज्यान गुमाएपछि शेखको सपना साकार पार्न यादवले सो योजना ल्याएको पूर्व गाउँपालिका अध्यक्षका पूर्व स्वकीय सचिव मनोज कुमार यादवले जानकारी दिए ।
जनकपुरः रेलले ठक्कर दिएपछि मोटरसाईकल चकनाचुर, युवक अस्पताल भर्ना
- २०८० जेठ १९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा साँझ नेपाल रेल्वेले ठक्कर दिएपछि मोटरसाईकल चालक युवक अस्पताल भर्ना भएका छन् । नेपाल रेल्वेले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियास्थित रेल्वे ट्रयाकमा रहेको मोटरसाईकलाई
पूरा पढ्नुहोस्