जनकनन्दिनी गाउँपालिकाभित्रको सबै विद्यालयहरु ९ दिनको लागि बन्द

२०८० जेठ १९ शुक्रबार
रति ९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले आगामी ९ दिनको लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । 

तराई मधेशमा बढेको अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा नाकारात्मक प्रभाव पर्न थालेपछि २१ गतेदेखि ९ दिनसम्म विद्यालय बन्दको निर्णय गरिएको हो । 

गाउँपालिका अध्यक्ष दिपिन देव यादवले वर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै आगामी २९ गतेसम्म गाउँपालिकाभित्रको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्दको निर्णय गरिएको हो । 

आगामी जेठ ३० गतेदेखि मात्र विद्यालयहरु सँचालनमा आउने अध्यक्ष यादवले जानकारी दिए । मौसम ४३ डिग्रीसम्मको तापक्रम बोकेपछि अकस्मात विद्यालय बन्दको घोषणा गर्नुपरेको यादवले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'निनिया रानी' मैथिली लोरी गीत सार्वजनिक 

  • २०८० जेठ १९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । आज भाद्र २९ शुक्रबारका दिन 'निनिया रानी' सार्वजनिक भएको छ।  'निनिया रानी' गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत

पूरा पढ्नुहोस्

Bureau Menus