रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यू

२०८० जेठ २० शनिबार
बिहान १०:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । 

एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

प्लेट रिपेयरपछि झोलुँगे पुल पुनः सँचालनमा

  • २०८० जेठ २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । अधिक लोडका कारण केही बेर बन्द गरिएको झोलुँगे पुल पुनः सँचालनमा आएको छ ।  धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठाल मल्हनीयाँस्थित निर्माण गरिएको धनुषा र सिरहा

पूरा पढ्नुहोस्

Bureau Menus