जनकपुरको प्रचण्ड गर्मीमा आगो बाले जनमत

२०८० जेठ २२ सोमबार
बिहान ११:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा आगो बालेका छन् । 

सोमबार विहान जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी जनमतका कार्यकर्ताहरुले नागरिकताविहिनहरुलाई नागरिकता दिनुपर्ने मागसहित आगो बालेका छन् । 

नागरिकता विद्येयक राष्ट्रपतिले लागु गरेपनि अदालतले नागरिकता सम्बन्धी कानुन बनाएर मात्र नागरिकता दिन भनेपछि जनमतका कार्यकर्ताले विरोध जनाएका छन् । उनीहरुले नागरिकताविहिनहरुलाई नागरिकता प्रदान गर्न दबाब दिएका छन् । 

आफ्नै देशमा अनागरिक भएर नागरिकताविहिन रहेका नागरिकलाई कानुनी प्रक्रिया पुरयाएर नागरिकताको लागि आगो बालेका हुन् । विद्यार्थी जनमत सँघका बीरेन्द्र यादव, इजाज अन्सारी लगायतका दर्जनौ कार्यकर्ताहरुले जिप्रका अगाडी आगो बालेका हुन् । 

  • 50%
  • 0%
  • 1%
  • 2%
  • 0%
  • 0%

NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

  • २०८० जेठ २२ सोमबार

सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।  एनआइसी एसिया बैंक गोलबजार शाखाले

पूरा पढ्नुहोस्

Bureau Menus