न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. २ मा उत्पन्न भएको शिलालेख विवाद अझै साम्य भएको छैनन् ।
एमालेबाट निर्वाचित जनप्रतिनीधिहरुले वडा कार्यालयमा लगाएको शिलालेखमा आफ्नै पार्टीलाई झल्काउने गरी शब्दहरु लेखाएको भन्दै नेपाली काँग्रेस निकट तरुण दलले आक्रोस व्यक्त गर्दै आन्दोलनको चेतावनी दिएको छ ।
तरुण दल सिरहाका अध्यक्ष अरबिन्द मण्डल, वाईसिएल सिरहाका सँयोजक विवेक परियार र समाजवादी युवा सँघका जिल्ला अध्यक्ष रामसोगारथ यादवसहित अन्य दलका अगुवाहरुले सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिलालेख समयमै सच्याउन चेतावनी दिएको छ ।
गाउँपालिका अध्यक्ष रामप्रमोद यादव र वडा नं. २ की वडाध्यक्ष सम्झना सिँहले आफ्नो पदीय शक्तिको दुरुपयोग गरी खास राजनीतिक पार्टीलाई अरुले दिएको जग्गा दानमा समेत कब्जा जमाउन खोजेको भन्दै विरोध जनाएको छ ।
यसअघि सोही शिलालेख फुटाएको थियो भने पुनः लगाएको शिलालेखमा समेत एमालेका नेताहरुले बदमासी गरेको आरोप छ । सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधिसभा सदस्य लीलानाथ श्रेष्ठको रोहबरमा एमालेका कार्यकर्ताहरुले शिलालेख सच्याएर राखिने प्रतिवद्धता जनाएपनि पछि श्रेष्ठकै उक्साहटमा असमाजिक कार्य गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
जनकपुरः चिया पसलको आडमा यौनधन्दा, पाँच किशोरी पक्राउ, एक युवक छतबाटै हामफाले, अस्पताल भर्ना
- २०८० जेठ २२ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित चिया पसलको आडमा यौनधन्दा सँचालन गरेको खवर पाएपछि धनुषा प्रहरीले छापामारी गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोक र दुर्गाचोकस्थित सँचालनमा रहेको एक चिया
पूरा पढ्नुहोस्