
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सँकटमोचन विद्यालयमा शिक्षक कुटपिट गरेको प्रकरणमा पक्राउ परेका दुई महिलासहित एक पुरुषलाई रिहा गर्ने सहमति भएको छ ।
आईतबार अपरान्ह पक्राउ परेका लक्ष्मी साह, पूजा मण्डल र पँकज झा नामक तीनै व्यक्तिलाई तारेखमा रिहा गर्ने तयारी गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, अभद्र व्यवहार मुद्दा चलाइएकोमा उनीहरुलाई तारेखमा रिहा गर्ने भएको छ ।
केही दिन अगाडी सँकटमोचन स्कूलमा पसेर एक शिक्षकमाथि दुरव्यवहार, कुटपिट गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको थियो । उनीहरु रिहा भएपनि उनीहरुलाई तारेख लिनुपर्ने भएको छ ।
मुद्दा अनुसन्धानमै रहेको बेला उनीहरुलाई तारेखमा रिहा गर्ने भएको छ । पक्राउ परेका तीनै जना हिन्दु सम्राट सेना नामक समूहका कार्यकर्ताहरु रहेको बताईएको छ ।
जनकपुरको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी, अरुको प्यानमा बिल काट्दै फार्मेसी
- २०८० जेठ २२ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधामस्थित रहेको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी रहेको पाईएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ यात्रीनिवास छेउमा सँचालनमा रहेको सो एसपी अर्थोपेडिक हस्पिटल कुनै पनि
पूरा पढ्नुहोस्