
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वामा एक मोटरसाइकल दुर्घटना हुदाँ घाइतेको झोला बाट लाखौको लागु औषधी बारमद भएको छ।
सिरहा बाट नयाँ चोहर्वा हुँदै पश्चिम दिसा तर्फ जादै गर्दा प्रदेश १ ०५-००१-प गाडी नम्बर रहेको पल्सर २२० सिसिको मोटरसाइकल तीब्र गतिमा रहेको अनियन्त्रित भएर दुर्घटना भएको हो। मोसा चालक गम्भीर घाइते रहेता पनि उनी भाग्न सफल भएको हो । सिरहा बाट आँउदै पश्चिम तर्फ घुमाउँदै गर्दा दुर्घटना भएको हो।
मोसा चालक सँग रहेको झोला दुर्घटना स्थलमै झरेको थियो। उक्त झोला शंकास्पद लागेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा जानकारी गराएको थियो।
मिचैया प्रहरी टोलीले झोला खोल्दा नाइट्रोभेट २ पत्ता, स्पास्मो ४ पत्ता र तरल पदार्थ Dialex,Codiwel हजारौँको सङ्ख्या रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए। उक्त सबै लागू औषधी झन्डै १५ देखि २० लाखको हुन् सक्ने अनुमान गरिएको छ।
मोसा चालक गम्भीर घाइते रहेता पनि ऊ सँग लागू औषधी रहेको र पक्राउ पर्ने डरले उनी सँगै रहेको अर्को साथीको मोसामा घाइते चालक साथीको मोसामा चढे तर दुर्घटना भएको कारण अचेत अवस्थामा रहेका उनी मोसामा बसेका मात्र १०० मिटर अगाडि जादै गर्दा मोसा बाट लडे, र त्यहाँ बाट घाइते भागेको हो । चालक स्थानीय ठाउँमै हुन सक्ने स्थानीयवासीहरूले बताए।
यस घटनाले सिरहा प्रशासनिक निकायमाथि प्रश्न चिन्ह खडा गरेको छ। सीमा नाकामा २४ सै घण्टा तैनाथ रहेको सशस्त्र बल प्रहरी, र चोर बाटो लगायत राजमार्गमा नेपाल प्रहरी खटेको हुन्छ यदपि लाखौको समान झोलामा बोकेर ल्याएको घटनाले सिरहा प्रशासनिक निकायको सुरक्षालाई चुनौती दिएको छ।
उक्त, समान नेपालकै ठुलो ड्रग्स माफिया लाले दनुवारको रहेको अनुमान समेत गरिएको छ।
'अपन नेपाल' - कविता
- २०८० जेठ २२ सोमबार
- राज कुमार साफी
नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन
पूरा पढ्नुहोस्