
न्यूज ब्यूरो, सिरहा । भनिन्छ–“जुन जोगि आयो कानै चिरेको”, असार मसान्तको समयमा सर्लाहिको ब्रह्मपुरि गाउँपालिकाबाट भागेर आएको अधिकृत सैलेश यादब सिरहाको बिष्णुपुर गाउँपालिकामा आउदा समेत आफ्नो रबैयामा सुधार गरेको छैन ।
ब्रह्मपुरि गाउँपालिकामा करिब ९ महिना हुँदा अधिकृत यादब आफ्नो मनोमानि आफुखुसि पैसा चोख्याउन माहिर रहेको उनले बिना हरहिसाब,बर बुझार्थ नगरि भागेको ब्रह्मापुरि गाउँपालिका अधयक्ष राम पदारथ साहले तेलिले आरोप लगाएका छन ।
अध्यक्ष साहले भने,–“असार मसान्तको समयमा बिना रमाना लिइ भागेपछि सिडियो र संघिय मन्त्रालयमा पटक(पटक मेरो अधिकृत खोइ भनि जानकारि गराइ रहे र बुझ्न पनि कोसिस गरे तर अहिलेसम्म अत्तोपत्तो नरहेकोले रोहबरमा दराजको ताल्चा फुटाउने लागेका हौँ ।”
उनले यो गाउँपालिकाबाट अनाहकमा मोटो रकमा खाएर गएपछि हर–हिसाब बरबुझार्थको लागि पटक–पटक ताकेता गर्न फोन गर्दा नउठाउने अटेरि गरिरहेको आरोप लगाए । अधिकृत यादब देखि पिडित गाउँपालिका अध्यक्ष साहले मैले आफ्नो जिन्दगीमा यस्तो भ्रष्ट मानसिकता भएको कर्मचारि देखिन,जुन सुकै सिर्सक होस कमिसन बिना कुनै पनि काम नगर्ने रबैया देखेर आफुहरु हैरान भएको थियो ।
अहिले सम्म काहा छन भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको भेटे,देखेर हैरान भए,मेरो गाउँपालिका जस्तै त्याहा पनि खाएर भाग्न देर लगाउँदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाइ फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।
अधिकृत यादब आएदेखि सिरहाको बिष्णुपुर गाउँपालिकामा हालसम्म सन्चालित रहेका योजनाहरुको नकहि फ्लेक्स बोर्ड,न योजनाको नाउँ, के कसरि र कति बजेट हो भनि नदेखिने गरि सर्बसाधरणलाइ गुमराहमा राखि योजनाको कामहरु सन्चालित छन । जुनसुकै सिर्सक होस के कति र कसरि सन्चालित छन भने बुझ्नु पर्दा सुचना नै माग गर्नुपर्छ ।
हाल सँचालनमा रहेको योजना र कार्यक्रमहरु गुमराहमा राख्नुको एउटै कारण हो हरेक योजनामा मोटो रकमको चलखेल भएको स्थानीय बासिन्दाहरुको आरोप रहेका छन । ब्रह्मपुरि गाउँपालिकाको सन्दर्भमा अधिकृत यादब सङ्ग बुझ्न खोज्दा फोन नै उठेन्न ।
जनकपुरबाट १२ वटा गाईगोरुसहित दुई जना पक्राउ
- २०८० जेठ २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट गाई गोरु तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ । आईतबार राती करिब ११ बजेको समयमा धनुषाको ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको गस्ती
पूरा पढ्नुहोस्