
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वरमा प्रत्येक पाँच/पाँच बर्षमा मात्र मनाईने सँसारीमाईको पूजामा अश्लिल नृत्य वा ओरकेष्ट्रा नचाईए भौतिक कारवाहीको चेतावनी युवाहरुले दिएका छन् ।
सँसारीमाई पूजामा टिकटोकिया र ओरकेष्ट्रा नाच्ने नचनियाँ ल्याउने योजना बनाएपछि समितिको विरुद्धमा युवाहरुले नचनियाँलाई नै भौतिक कारवाहीको चेतावनी दिएको हो ।
हिन्दुहरुको आस्थाको केन्द्र रहेको सँसारीमाई पूजामा हिन्दु सँस्कार र सँस्कृति विरुद्धको कार्यक्रम गराउन खोजेको आरोपसहित युवाहरुले सिडिओलाई त्यसको अनुमति नदिन ज्ञापन पत्र समेत बुझाएका छन् ।
टिकटोक बन्द सँघर्ष समितिका युवाहरुले सँसारीमाई पूजामा नचनियाँ पिरीति पासवानलाई नचाउने योजना बनाएपछि हिन्दु युवाहरुले विरोध जनाउँदै भौतिक कारवाहीको चेतावनी दिएको हो ।
नचियान पासवानसहित अन्य कुनै त्यस्ता अश्लिल नाच्ने, सँस्कार सँस्कृति विरुद्ध नाच्ने नचयिनाँ वा नटुवालाई पूजामा मनोरञ्जनको दृष्टिकोणले ल्याए समितिसहित नचनियाँलाई समेत कारवाही गर्ने चेतावनी पहिले नै दिएको हो ।
सँसारीमाई पूजा प्रत्येक पाँच पाँच बर्षमा लाग्ने गर्दछ । दिव्य शक्ति रहेको किम्दन्ती बोकेको सँसारीमाई पूजामा मनोरञ्जनको नाममा अश्लिल गीत, ओरकेष्ट्रा नचाउने प्रयास समितिले गरेको हो ।
सँसारीमाई पूजामा त्यस्ता कार्यक्रम हुन नदिनको लागि हिन्दु सम्राट सेनाका युवाहरुले समेत जाने बुझिएको छ । उनीहरुले यस्ता कार्यक्रम गराउन खोज्ने समिति, आयोजकसहित नचनियाँहरुलाई ठाउँको ठाउँ कारवाहीको चेतावनी दिएको बुझिएको छ ।
Madhesh University (MU) मा मँसिरदेखि कानुनको पढाई हुने
- २०८० जेठ २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश विश्वविद्यालयमा आगामी मंसिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयका अनुसार कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको नाम दर्ता भइरहेको र आउँदो
पूरा पढ्नुहोस्