जलेश्वरका मेयर 'ढोँरी चटना बा'

२०८० जेठ २४ बुधबार
दिउसो ४:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । हिन्दु धर्मावलम्बीहरुको आस्थालाई शर्मसार पार्न कुनै असर बाँकी नराखेका महोत्तरी जलेश्वरका मेयर सुरेस साह सोनारलाई “मेयर ढोँरी चटना बा” भनेर ट्रोल गरिएको छ । 

प्रत्येक पाँच वर्षमा मात्र लाग्ने भव्य सँसारीमाई पूजनोत्सवको अवसरमा ओरकेष्ट्रा, अश्लिल नचनियाँ ल्याएर अर्धनँगा नाच गराएपछि जलेश्वरका मेयर सोनार ट्रोल भएका छन् । 

हुनत, महोत्तरीका सिडिओ र एसपी समेत समाजिक सँजालमा आम नगारिकसहित पत्रकारहरुबाटै आलोचना खेप्नु परेका छन् । सँसारीमाई पूजाको अवसरमा धार्मिक कार्यक्रमभन्दा अर्धनँगा नाच गराएर मज्जा लिएको भन्दै आलोचना खेप्नुपरेको हो । 

ओरकेष्ट्रा प्रतिबन्ध रहेको अवस्थामा अश्लिल गीतहरुमा नाच नचाउन महिला नर्तकी मगाएका जलेश्वरका मेयर सुरेश साह सोनारलाई समाजिक सँजालमा गाली गलौज समेत गरिएको छ । 

नचनियाँ र टिकटोकियाहरु नचाएपछि मेयर सोनारलाई चौतर्फी आलोचना भएको हो । नाचभन्दा अगाडी नै युवाहरुको समूहले सिडिओलाई यस्ता कार्यक्रम गराउन नदिनको लागि कुनै अनुमति नदिन आग्रह गरेपनि सिडिओले मोटो सँख्यामै प्रहरी परिचालन गरी नचनियाँ नटुवा नचाएका हुन् । 

अश्लिल हाउभाउ, उत्तेजक शब्दको गीत, भीड उत्तेजित पार्ने खालको नृत्य गर्न अर्धनाँगो हुने नर्तकी नचाउँदा हिन्दु धर्मालम्बीहरुको आस्थासँग खेलवाड गरेको भन्दै पत्रकारहरुले समेत आलोचना जनाएका छन् । 

पँचवर्षिय मेला र पूजनोत्सवमा धार्मिक परम्पराको नाचगान, धार्मिकता झल्काउने खालको गीतहरु बजाउनुपर्नेमा जलेश्वरका मेयर सोनारले नचनियाँ र टिकटोकिया बोलाएर नचाएका हुन् । यद्यपी, विरोध गर्नेहरु पनि सो भीडमै सामेल भएका थिए । 

महोत्तरीका एसपीले कुनै आन्दोलनभन्दा अधिक प्रहरी खटाएर नचनियाँहरुलाई सुरक्षा प्रदान गरेको थियो । प्रशासनले आफैँ प्रतिबन्ध गरेको अश्लिल ओरकेष्ट्रा, नर्तकी नाचलाई मँगलबार राती सिडिओ, एसपी, मेयरसहितका जनप्रतिनीधि र सार्वजनिक पदधारी व्यक्तिहरुले नाच नचाउन उल्टै प्रश्रय दिएका थिए । 

समाजिक सँजालमा मेयरलाई ढोँरी चटना र प्रहरी प्रशासनलाई ढोँरीके दिवाना भनेर सँज्ञा दिएको छ । 

  • 0%
  • 85%
  • 2%
  • 0%
  • 0%
  • 8%

तराईमा पानीको सँकट आयो, पानीको मुहान रिचार्ज गर्नुपर्छः पूर्व कृषिमन्त्री कुशवाहा 

  • २०८० जेठ २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले तराई मधेशमा पानीको सँकट आउन थालेको बताएका छन् ।    गत गर्मी मौसममा तराई मधेशका अधिकांश ठाऊमा पानीका लागी त्राहिमाम

पूरा पढ्नुहोस्

Bureau Menus