
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरमा आयोजनामा रहेको पँचवर्षिय संसारी माता महापुजा महोत्सवमा संस्कृति कार्यक्रम को नाममा आयोजकले टिकटक को माध्यमले समाजमा अश्लिलता फैलाईरहेकि नृत्यांगना प्रीती पासवान लाई अश्लिल गीतमा नृत्य गराएपछि स्थानिय युवाहरु विरोध जनाएका छन ।
धार्मिक एवं आस्था को केन्द्र मानिएको जलेश्वरमा महापुजा महोत्सवको नाममा आयोजकले मनोरञ्जन कार्यक्रम को नाममा अश्लिलता देखाएपछि विरोध जनाएको स्थानिय युवाहरुले बताएका छन ।
मेलमा संस्कृतिक कार्यक्रम गर्ने जिला प्रशासन कार्यालय महोत्तरी बाट अनुमति पाएका समितिले प्रहरी को आड़मा यस्ता अश्लिल कार्यक्रम गरिएको स्थानियहरूको बुझाई छ ।
यता, जिल्लामा मेला महोत्सवमा ऑरकेस्ट्रा लगायत अश्लील कार्यक्रम पूर्ण रूपले निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन ।
समितीलाई मेलामा संस्कृतिक कार्यक्रम गर्न अनुमति दिएको र यस्ता गतिविधि संचालन भए तत्कालै रोकिने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने ले बताए
मेलामा सुरक्षाको नाममा सैकड़ो प्रहरी परिचालन गरिएको छ । विरोध गरेका युवाहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार लगायत व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख विरुद्ध मुर्दाबादको नारा लगाएका छन ।
'निनिया रानी' मैथिली लोरी गीत सार्वजनिक
- २०८० जेठ २४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आज भाद्र २९ शुक्रबारका दिन 'निनिया रानी' सार्वजनिक भएको छ। 'निनिया रानी' गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत
पूरा पढ्नुहोस्