सबैलाका प्रहरी ईन्सपेक्टर देवकोटाको हतकण्डाः मोसा चोरलाई उन्मुक्ति दिन अभद्र व्यवहारको मुद्दा

२०८० जेठ २५ बिहीबार
बिहान ०९:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले असुली गर्न विभिन्न हतकण्डा अपाउन थालेको खुलेको छ । 

ईलाका प्रहरी कार्यालय सबैलका घुमुवा मार्फत ईन्सपेक्टर देवकोटाले गहन मुद्दालाई समेत हुलको बनाएर मोटो रकम बार्गेनिँग गर्ने गरेको खुलासा भएको छ । 

केही दिन अगाडी तिनकोरीयाबाट एक मोटरसाइकल चोरी भएको घटनामा चोरलाई अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । मोटरसाईकल चोरलाई चोरीको मुद्दा लगाउनुको साटो साधारण अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । 

बिरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने यो घटना गत जेठ १२ गते ४ः१५ बजेको समयमा सबैला नगरपालिका वडा नम्बर १० अन्तर्गत सिमराढीमा ट्राफिक प्रहरी चेकजाँच गर्दै थिए । प्रदेश २–०२–००६ २६०७ नम्बरको उक्त मोटरसाइकल कागजात चेकजाँच क्रममा चोरी गरेको भन्दै काशिन्द्र पासवान पक्राउ पर्यो। ट्राफिक प्रहरी जवानले इलाका प्रहरी कार्यलय सबैलामा तुरुन्तै खवर गरेर मोटरसाईकलसहित पासवानलाई समेत लग्यो । 

ट्राफिक प्रहरी जवानले माथिल्लो निकायमा पनि कागजात तयारी पारेर पठाएको छ । तर, ईलाका प्रहरी कार्यलय सबैलाका इस्पेकटर देवकोटाले चोरी आरोपमा पक्राउ परेका पासमानमाथी अभद्र व्यबहारको मुद्दा चलाएर थुनामा राखेका छन् । चोरी आरोपमा पक्राउ परेकालाई इस्पेकटर आँफै जोगाउन लागेको रहस्य खुलेको छ । 

चोरी गरेको भन्दै रंगेहात पक्राउ परेका पासवान धनुषाको बिदेह नगरपालिका वडा नम्बर ५ बस्ने  हठीपुरका बासिन्दा रहेको छ । उनलाई पक्राउ पछि सबैलाका इस्पेकटर रामकृष्ण देवकोटाको कमान्डमा खटेका प्रहरीलाई निर्देशन दिएर अभद्रव्यबहार मुद्दामा तुरुन्तै परिणत गरिएको छ । 

सबैलाका इस्पेकटर यस्ता कार्य पहिलादेखि नै गर्दै आएको हो घटना बाहिरिएका थिएनन् । इस्पेकटर आफै प्रहरी पोसुवा पालेका हुन एक घुमुवाको रुपमा परिचालन गरेका बिधान्नद यादव रहेका  ईलाका प्रहरी सबैलाका सबै घटनामा हात रहेको स्रोतको दाबी रहेको बताए । यादवले निवेदनदेखि पन्चायतसम्म मिलाउने  घटना वा ब्यापारी पैसा असुलने गरिएको बताए  । निवेदन दिएका पिडीतसंग पक्राउ गर्ने बापतका लागि पैसा मागने गरेको नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए ।

इलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटालाई घुमुवाई विद्यानन्द यादवले चलाईरहेका छन् । घटना मिलापत्र गराउन पैसाको चहलखेल गरिदै आएका छन । मोटरसाइकल धनी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ मोरहाका बासिन्दा हलिमा खातुनको नाममा रहेको छ ।  

चेकिँगमा रहेका ट्राफिक प्रहरीले समेत चोरीको मोटरसाईकलको उजुरी गरेको प्रतिक्रिया दिएका छन् । पासवानसँग बिलबुक, लाईसेन्स केही नभएको अवस्थामा सो मोटरसाईकल चोरीको फेला पारी उजुरी गरिएको थियो । 

यता, सबैलाका ईन्सपेक्टर देवकोटाले त्यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । उनले ट्राफिकसँग अभद्र व्यवहार गरेपछि उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको बताए । यद्यपी, ट्राफिकले भने आफूसँग कुनै अभद्र व्यवहार नभएको दाबी गर्दै मोसा चोरीको मात्र उजुरी गरेको बताएका छन् । 

सो चोरी भएका मोटरसाईकलको रिपोर्ट प्रहरीमा लेखाएर फेला परेपछि मोसा धनीले आफ्नो गाडी समेत लिएर गएका छन् । काशिन्द्र पासवानलाई अझै ईलाका प्रहरी कार्यालयले हिरासतमा राखेका छन् । 
 

  • 0%
  • 14%
  • 0%
  • 14%
  • 0%
  • 14%

धनौजी गाउँपालिकाले हटाएको स्वास्थ्य शाखा प्रमुख मण्डललाई अदालत गरे स्थापित 

  • २०८० जेठ २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुखबाट हटाईएका कर्मचारी गौरीशँकर मण्डललाई अदालत पुनः स्थापित गर्न अन्तरिम आदेश दिएको छ ।  मण्डललाई स्वास्थ्य शाखा प्रमुखबाट हटाएर उमेर साहलाई स्वास्थ्य

पूरा पढ्नुहोस्

Bureau Menus

} }