जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू 

२०८० जेठ २५ बिहीबार
बेलुकी ५:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यू भएको छ । 

विहिबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाही बस्ने चन्दर पण्डितकी ५५ बर्षिय श्रीमति सीतादेवी पण्डितको मृत्यू भएको छ । 

विहिबार दिउँसो भएको अत्यधिक गर्मीको साथै चलेको गरम हावाको कारण उनको मृत्यू भएको बताईएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा सीतादेवी अचानक लु लागेर ढलेको जनाइएको छ । 

विगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 5%
  • 90%
  • 5%

'स्थानीय तह कर्मचारीको आकर्षण केन्द्र नबन्नु'

  • २०८० जेठ २५ बिहीबार
  • सबिता शर्मा

 नेपालको वर्तमान संविधान २०७२ , २०७२ साल असोज ३ गते जारी भई सकेपछी संङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश तथा स्थानीय तह गरि तिन तहको हुने र नेपालमा

पूरा पढ्नुहोस्

Bureau Menus