
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर लगायत तराई मधेशको जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि विद्यालयमा गर्मी विदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले यसअघि २९ गतेदेखि विद्यालय सँचालन हुने भनेकोमा गर्मी अत्यधिक बढदै जाँदा पुनः तीन दिनको विदा थप गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वर्तमान मौसमलाई मध्यनजर गर्दै जनकपुरधामभित्रको सबै विद्यालयहरु जेठ ३० गतेसम्म बन्द रहने भएको छ । जेठ ३१ गतेदेखि विद्यालय खोलिने उल्लेख छ ।
यद्यपी, मौसमको पारा उस्तै रहे विद्यालय बन्दको निरन्तरतालाई जारी राख्ने सँकेत देखिएको छ । धनुषाको सबै विद्यालयहरु अहिले बन्द रहेको छ ।
- २०८० जेठ २६ शुक्रबार