मिटरब्याजी विरुद्ध अहिलेसम्म १८ हजार बढी उजुरी, ७ जना पक्राउ 

२०८० जेठ २७ शनिबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।

मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो। वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।

उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।

सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।

यसरी उजुरी परेकामध्ये अहिलेसम्म दुई वटा मात्रै मुद्दा दर्ता भएको छ। धनुषा र सप्तरीमा मात्रै मुद्दा दायर भएको हो। यस्तै अनुसन्धानको क्रममा ७ जना पक्राउ समेत परिसकेका छन्।

तीन जना सिराहा र चार जना सप्तरीका पक्राउ परेका हुन्। जसमध्ये तीन जना पुरूष र चार जना महिला छन्।

अहिले आयोगले १३९ वटा घटनामा दुईपक्षमा छलफल गरिरहेको छ। उजुरी परेकोमध्ये १२६ वटाको मिलापत्र समेत भइसकेको गृहमन्त्रालयले जनाएको छ।

मिटरब्‍याज सम्बन्धी जाँचबुझ आयोगले जनकपुरमा कार्यालय स्थपना गरी काम गरिरहेको हो।

यस आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष छन्। पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य छन्।

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 75%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८० जेठ २७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus