प्रहरी हिरासत फोडेर भागेका थुनुवा यादव ५ महिनापछि भारतको सितामढीबाट पक्राउ 

२०८० जेठ २७ शनिबार
बेलुकी ५:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले ५ महिना अघि हिरासत फोडेर भागेका थुनुवालाई पक्राउ गर्न सफल भएको छ । 

गत बर्षको माघ १६ गते विहान ३ः३० बजेको समयमा धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका सार्वजनिक शान्ती विरुद्धको अपराधका आरोपित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सार्वजनिक शान्ती विरुद्धको मुद्दा लागेका धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया वस्ने बर्ष २५ को रोशन यादव रहेका छन् । उनी सो मुद्दामा महेन्द्रनगर ईलाका प्रहरीमा थुनुवा थिए । 

उनलाई विशेष सुचनाको अधारमा शनिबार (आज) विहान करिब १०ः३० बजेको समयमा भारतको सितामढीबाट पक्राउ गरिएको हो । सितामढीबाट महोत्तरी जिल्लाको औरही बजारस्थित आफ्नो दिदीको घरमा आउँदै गर्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमका अनुसार, बिशेष सुराकीको आधारमा तथा जिल्ला प्रहरीको सुक्ष्म टोलीको विशेष सक्रियतामा उनलाई हात पारेको हो । यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमै ल्याएर अनुसन्धान सुरु गरिएको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus