
न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको ।
प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
बाढी प्रभावित खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितहरूलाई राहत सामग्री उपलव्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ ।
आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् । रासस
जनकपुरको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी, अरुको प्यानमा बिल काट्दै फार्मेसी
- २०८० जेठ २९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधामस्थित रहेको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी रहेको पाईएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ यात्रीनिवास छेउमा सँचालनमा रहेको सो एसपी अर्थोपेडिक हस्पिटल कुनै पनि
पूरा पढ्नुहोस्