
न्यूज ब्यूरो, जनकपुरधाम । सनातन धर्म छाडेर मुस्लिम युवकसँग बिहे गर्न धर्म परिवर्तन गर्ने एक युवतिको जिउँदै पिण्डदान गरिएको छ ।
छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित जलपुरमा धर्म परिवर्तन गरी मुस्लिम युवकसँग बिहे गरेकी अनामिका दुबे नामक युवतिको जिउँदै श्राद्ध गरिएको हो । उनको आमाबुवासहित परिवारजनले जिउँदै श्राद्ध गरिदिएको हो ।
अनामिका दुबेले आफ्नो धर्म परिवर्तन गरी उजमा फातिमा नयाँ नाम राखेकी उनलाई आमाबुवाले धर्म परिवर्तन गरेकै कारण जिउँदै श्राद्ध गरिदिएको हो । आमाबुवाले पिण्डदानको लागि कार्ड समेत छपाएका थिए । आफ्ना आफन्तहरुलाई बोलाएर पिण्डदान गरिदिएको हो ।
अनामिकाले मुस्लिम युवकसँग बिहे गर्दा उनले कार्डमा आफ्नो नाम अनामिका दुबे र उजमा फातिमा छपाएर युवक मोहम्मद अयाजसँग बिहे गरिन् । ७ जुनको अनामिकाले धर्म बदलेर विवाह गरेपछि रिसाएका परिवारजनले उनको जिउँदै श्राद्ध गरिदिएको हो ।
अनामिकाको बिहे रोक्नको लागि उनको परिवारजनले प्रशासनसँग समेत गुहार मागेको थियो । केही हिन्दु सँगठनहरुले समेत सो विवाह रोक्नको लागि प्रहरीसँग गुहार लगाएको थियो । तर, अयाज र अनामिका कोर्ट म्यारिज गरेको कारण बिहे रोक्न पाइनन् ।
विहेको कार्ड समाजिक सँजालमा समेत भाईरल बनेपछि अनामिकाको परिवारजनले हिन्दु सँगठनहरुसँग समेत उजुरी गरेका थिए । मैरिज रजिष्टारलाई आरोप लगाउँदै उनका आमाबुवाले अन्त्यसम्म बिहे रोक्न नपाएपछि जिउँदै छोरीको पिण्डदान गरिदिएको हो ।
धनुषामा सन नेपाल लाईफ एन्स्योरेन्सद्धारा सरकारी स्कूललाई आर्थिक सहयोग
- २०८० जेठ ३० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । सन नेपाल लाइफ इन्स्योरेन्सले धनुषाको समुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । ईन्स्योरेन्स कम्पनीले मधेश प्रदेशको मुखियापटी मुसहरनिया गाउँपालिकाको मुखियापटिट्स्थित रहेको राष्ट्रिय माविलाई ४० हजार रुपैयाँ सहयोग
पूरा पढ्नुहोस्