
न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय फिल्म “आदिपुरुष” को बिहानीको सो काठमाडौं उपत्यकाका हलमा रद्द गरिएको छ । सुरक्षाको कारण देखाउँदै हलहरुको छाता संगठन ुचलचित्र संघुले बिहानीको सो रद्द गरेको जनाएको छ ।
ुसंघकै छलफल अनुसार बिहानीको सो बन्द गरेका हौं । अब १० बजेबाट फिल्म चल्छ,ु वान सिनेमाजका म्यानेजर उमेश गिरीलाई उदृत गर्दै कान्तिपुर अनलाईनमा समाचार प्रकाशित छ ।
उपत्यकाका केही हलमा भने बिहानीको सो पनि सञ्चालनमा आएको “आदिपुरुष” को नेपाल वितरक उज्ज्वल पौडेल बताउँछन् । “केही हलले डरका कारण फिल्म देखाउनु भएन । उपत्यका बाहिरका हलमा फिल्म प्रदर्शनमा आयो । उपत्यका भित्रका केही हलमा भने फिल्म चल्यो । अब दिउँसोबाट सबै चल्छ,” पौडेलले भने ।
यसअघि ुजानकी भारतीय छोरी हुन्ु भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ुआदिपुरुषुको काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । बिहीबार नै फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाइ फिल्मको जाँचपास अनुमति पत्र लिएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा मात्र नभइ भारतमा समेत उक्त संवाद नसच्च्याए उपत्याकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि ुआदिपुरुषु विवादमा तानिएको थियो ।
जनकपुरबाट १२ वटा गाईगोरुसहित दुई जना पक्राउ
- २०८० असार १ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट गाई गोरु तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ । आईतबार राती करिब ११ बजेको समयमा धनुषाको ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको गस्ती
पूरा पढ्नुहोस्