
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेशी सँघले विभिन्न देशमा सँगठन विस्तारको कार्यलाई तीव्रता दिएको छ ।
गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डॉ. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन ठाकुरले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत सँग पार्टीको केन्द्रीय सम्पर्क कार्यालय काठमाडौंमा भेटवार्ता गरी सँगठन विस्तारलाई तिव्रता दिएको हो ।
a
पार्टीका आन्तरिक तथा बाहरी चुनौतिका बारेमा विस्तृत छलफल गर्नुका साथै पार्टीलाई सुदृढ बनाउन वडादेखि विदेशसम्म संगठनको पुनर्गठनलाई तीव्रता दिनु पर्ने अहिलेको आवश्यकता औल्याउँदै सँगठन विस्तारलाई तीव्रता दिएको हो ।
पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताका लागि तालिम कार्यक्रमलाई निरन्तरता दिने पार्टीका पदाधिकारी, नेतागण तथा कार्यकर्तालाई अनुसाशनको दायरा भित्र ल्याउने जस्तो कार्यक्रममाथि छलफल भएको हो ।
गैर–आवासीय मधेशी संघले पार्टीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनमा यी एजेण्डामा ध्यान दिन गैर–आवासीय मधेशी संघका पदाधिकारीहरुलाई डा राउतले निर्देशन दिए ।
TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय
- २०८० असार १२ मंगलबार
एजेन्सी । टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको
पूरा पढ्नुहोस्