
न्यूज ब्यूरो, सिरहा । सिरहास्थित नरहा गाउँपालिका वडा नं. ३ स्थित रहेको आधारभूत विद्यालय खोरियामा शैक्षिक समाग्री वितरण गरिएको छ ।
नरहा गाउँपालिका वडा नं. ३ को आर्थिक लगानीमा सो विद्यालयमा अध्ययनरत २०० बढी विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७९÷०८० को लागि सो विद्यालयका गरिब, अति विपन्न, दलित समुदायका बालबालिकाहरुलाई शिक्षामा पहुँच बढाउन शैक्षिक समाग्री वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक सहमद सिद्धिकीको अध्यक्षता तथा वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ३ सम्मको बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।
बालबालिकाहरुलाई ब्याग, १ दर्जन कापी, कलम, पेन्सिल, कटर, इरेजर र औजार बक्स लगायतका समाग्रीहरु प्रदान गरिएको हो । बालबालिकाहरुलाई खाजा समेत खुवाइएको आयोजकले जनाएको छ ।
दलित, अल्पसँख्यक, सीमान्तकृत समुदायका बालबालिकाहरुलाई शिक्षा र विद्यालयमा पहुँच बढाउन तथा प्रोत्साहन गर्नको लागि शैक्षिक समाग्री वितरण गरिएको वडाध्यक्ष अन्सारीले बताए ।
विद्यालय व्यवस्थापन समितिकी सदस्य बेचनी देवी मण्डल, वडा सदस्य सुनिता मण्डल, चन्दर सदा, वडा सचिव रामदेव मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेत, अभिभावकहरुको प्रत्यक्ष रोहबरमा शैक्षिक समाग्री वितरण गरिएको हो ।
बालबालिकाहरुलाई शैक्षिक समाग्री पाएपछि हर्षित भएका थिए । आगामी आर्थिक बर्षमा बालबालिकाहरुलाई जाडोको कपडा समेत वितरण गर्ने वडाध्यक्ष अन्सारीले प्रतिवद्धता जनाए ।
जनमत पार्टीका सिरहा ईन्चार्ज यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण
- २०८० असार २० बुधबार
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्ला कार्य समिति अध्यक्षलाई स्पष्टिकरण सोधिएको छ । सिरहा जिल्ला ईन्चार्ज विनोद कुमार यादवलाई पार्टीले शुक्रबार स्पष्टिकरण सोधेको हो ।
पूरा पढ्नुहोस्