सिरहा मिर्चैयाकी नामुद मिटरब्याजी सुजाता साह पक्राउ 

२०८० श्रावण २५ बिहीबार
दिउसो ३:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिराहामा चर्को मिटरब्याजीको आरोपमा एक महिला पक्राउ परेकी छिन्। मिर्चैया नगरपालिका वडा नं. ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ।

ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक ९एसपी० टेकुनन्द इवा लिम्बूले बताएका छन्। 

पक्राउ गरिएको साहलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने एसपी लिम्बूले बताएका छन्। 

मिटरब्याजपीडितहरूले काठमाडौंमा आन्दोलन गर्ने क्रममा १२ वर्षीया गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूलाई मिटरब्याजी साहको कारणले घरनिकाला हुनुपरेको र पठनपाठन गर्न नपाएको गुनासो गरेकी थिइन्। 

दुई लाख ऋणको ३० लाखभन्दा बढी आफूसँग लिएको र घरजग्गा पनि कब्जा गरेको ममतादेवीले बताएकी छिन्।

पक्राउ परेकी साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी १० वटाभन्दा बढी उजुरी दर्ता भएका छन्। मिर्चैया क्षेत्रमा उनले लामो समयदेखि चर्को मिटरब्याजको धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ।

  • 39%
  • 14%
  • 2%
  • 4%
  • 18%
  • 4%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८० श्रावण २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus