न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधामस्थित रहेको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी रहेको पाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ यात्रीनिवास छेउमा सँचालनमा रहेको सो एसपी अर्थोपेडिक हस्पिटल कुनै पनि
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधामस्थित रहेको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी रहेको पाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ यात्रीनिवास छेउमा सँचालनमा रहेको सो एसपी अर्थोपेडिक हस्पिटल कुनै पनि निकायमा दर्ता नरहेको पाईएको छ । सरकारबाट मान्यता प्राप्त सरकारी दफ्तरमा दर्ता हुनुपर्नेमा सो हस्पिटल गैर–कानुनी रुपमा सँचालनमा रहेको छ ।
जनकपुरको पेठिया बजार जाने बाटोमा रहेको सो हस्पिटलमा मात्र दलाल मार्फत विरामी जाने गरेको छ । प्रादेशिक अस्पताल, एम्बुलेन्स चालक मार्फत मात्र सो अस्पतालमा विरामी जाने गरेको पाईएको छ ।
दर्ता नै नरहेको सो हस्प्टिलमा कुनै व्यवस्था नै नराखी विरामीबाट चर्को शुल्क असुल्दै आएको पाईएको छ । जनकपुरधाम उपमहानगरपालिका, प्रदेश स्वास्थ्य निर्देशनालयमा दर्ता हुनुपर्नेामा सो हस्पिटल दर्ता भएको देखिदैनन् ।

यता, सोही हस्पिटल भित्र सँचालनमा रहेको फार्मेसी समेत फर्जी रहेको पाईएको छ । अरु जनाको नाममा रहेको प्यानमा फार्मेसीले बिल काट्दै आएको छ भने हस्पिटल समेत व्यक्तिगत नाममा रहेको पाईएको छ ।
बोर्डमा प्रा.लि. लेखिएको भएपनि हस्पिटलको प्यान सँचालकमा भने व्यक्तिगत राखी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ । अस्पतालभित्रै सँचालनमा रहेको फार्मेसीमा भने रहिम राईनको नाममा रहेको सोनासति मेडिकल हलको नामको प्यान प्रयोग गरिएको छ । अस्पतालको नामको बिलमा सोनासति मेडिकल हलको प्यान नम्बर प्रयोग गरी लाखौँ रुपैयाँ कर छली गर्दै आएको छ ।

डा. प्रेम कुमार साहको नाममा रहेको एसपी अर्थोपेडिक हस्पिटल गैर–कानुनी रहेको सन्दर्भमा सम्पर्क गर्दा डा. साहले फोन काटेका थिए । यता, सोही सन्दर्भमा कर कार्यालय जनकपुरले एक निवेदन आएपछि हस्पिटलमा छापामारी गर्ने जनाएको छ ।