हिन्दुस्तानसँग खेल्न नेपाली क्रिकेट टोली श्रीलँकामा 

२०८० भदौ १४ बिहीबार
रति ८:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।

नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलङ्काको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको अघिल्लो यात्रा कमजोर बनेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

जितका लागि पाकिस्तानले दिएको तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार ९१०४० रनमा समेटिएको थियो । पाकिस्तानविरुद्ध पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्न लागेको नेपालका लागि अर्को बिलयो टोली भारतसँग सुधारिएको प्रदर्शन गर्ने चुनौती रहेको छ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।

  • 2%
  • 2%
  • 4%
  • 0%
  • 0%
  • 0%

TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय

  • २०८० भदौ १४ बिहीबार

एजेन्सी ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको

पूरा पढ्नुहोस्

Bureau Menus