
न्यूज ब्यूरो, जनकपुरधाम । श्रीलँकामा भईरहेको एसियाकप २०२३ मा भिडेका नेपाल–भारतबीचको क्रिक्रेट म्याचमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।
नेपाली खेलाडीहरुले आज भएको म्याचमा शान्दार ब्याटिँग गरेर मन जितेका छन् । भारत जस्तो दिग्गज खेलाडीहरुलाई पसिना चुहाएका नेपालले २३१ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । तर, यी बीचको खेला नेपालले रोमाञ्चक बनाएको हो ।
एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।
अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।
ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे । ललित राजवंशी जिरोमै आउट भएका हुन् ।
मलँगवा घटनामा मधेशका मुख्यमन्त्री किन 'बौक'
- २०८० भदौ १८ सोमबार
सम्पादकीय । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवा अहिले तनावग्रस्त छ । दुई समुदायबीचको पटक पटक झडप, झगडाले मलँगवा विगत ५ दिनदेखि नै तनावग्रस्त रहेको छ । यसअघि हिन्दु धर्मावलम्बीहरुले मनाउने
पूरा पढ्नुहोस्