
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाको फेसबुक पेज ह्याक भएको छ ।
उनले चलाउँदै आएको फेसबुक बिजनेश पेजमा ह्याकरले गएराती नै अटैक गरी एडमिन समेत हटाएको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा पूर्वमन्त्री कुशवाहाले ह्याकरले अटैक गरी पेज नियन्त्रणमा लिएको बताए ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका कुशवाहाको समाजिक सँजाल फेसबुक पेजमा ह्याकरले प्रवेश गरी उनलाई नै एडमिनबाट हटाएर पेज स्टोरीमा अश्लिल तस्विरहरु अपलोड गरिदिएको बताए । पेज पाकिस्तानी ह्याकरले ह्याक गरेको देखिएको छ ।
उनले आफ्नो पेजमा अश्लिल स्टोरी आएको जानकारी कुनै समर्थकले नै जानकारी गराएपछि अनुसन्धानको क्रममा आफूलाई एडमिन हटाईसकेको बताए । उनले पेज फिर्ता ल्याउने कार्य तीव्र पारिँदा पेज अहिले ह्याण्डलमा आएको जानकारी गराए ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८० भदौ २३ शनिबार