चिनियाँ राजदूतको अभिव्यक्ति कुटनितिक मर्यादा विपरित : नेता साह 

२०८० भदौ २३ शनिबार
बिहान ०९:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय सदस्य एवम नेता सँजय कुमार साहले चिनियाँ राष्ट्रपतिको अभिव्यक्ति गैर कुटनितिक भएको बताएका छन् । 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति लोसपाका नेता साहले आपत्ति जनाउँदै गैर कुटनितिक अभिव्यक्तिको सँज्ञा दिएका छन् । 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै उनले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्।

उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने  हिसाब पनि सुनाएका थिए।

राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरे। राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने उनले बताए । 

सम्बन्धित निकायले चीन सरकारसँग पहलगरी सोङलाई फिर्ता पठाउन सरकारसँग उनको माग छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

६ बुँदे माग राखी सिरहाको औरही गाउँपालिकामा जनमतको ज्ञापन

  • २०८० भदौ २३ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा बेतिथि बढदै गएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।  बुधबार गाउँपालिकाको कार्यालय पुगेर जनमतका नेता कार्यकर्ताहरुले विभिन्न मागहरु

पूरा पढ्नुहोस्

Bureau Menus