
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूणदल सिरहाले गृहमन्त्रीको विरुद्धमा राँके जुलुस निकाले । राँके जुलुस निकाल्दै पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ ।
तरूण दलका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको विरुद्धमा तरुण दल सिरहाका अध्यक्ष अरबिन्द मण्डलको अगुवाईमा राँके जुलुस निकालिएको थियो ।
सोही बिषयलाई लिएर आज सिरहाको गोलबजारमा नेपाल तरुणदल सिरहा र ने.बि. संघ सिरहाले मसाल जुलुस निकालेको अध्यक्ष मण्डलले जानकारी दिए । सिरहाको गोलबजारमा युवाहरुले मशाल जुलुस निकालेको थियो ।
गोलचक्क्रमा कोण सभमा युवा नेता रामसगुन यादव, शेखर यादव, बिनय यादव, युवा नेता सकलदेब यादव र नेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलले कोण सभामा बोल्दै नालायक गृहमन्त्री राजिनामा दे,आदि भन्दै कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल तरूणदल सिरहाले विज्ञप्ति निकालेर ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गरेका छन् । उनले यस घटनाको ‘घोर भर्त्सना र निन्दा’ गरेका छन् ।
उनले प्रहरी प्रशासन मुकदर्शक बनेको पनि बताए । ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनेको छ, यो विषय सामान्य होइन,’ उनले भनेका छन्, ‘दोषी नै नभएको व्यक्ति पक्राउ गर्न अघि सर्ने प्रहरी दिउँसै हातहतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न सक्दैन ।’
उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । ‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन,’ युवा नेता मण्डलले भने हाम्रो नेपाली कांग्रेसका नेताहरूले आदेश मात्र गर्यो भने सत्तारूढ लाई घरबाट निस्कन बाध्य बनाउँछु ।
सहमहामन्त्री यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । यादवको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
- २०८० भदौ २३ शनिबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार
पूरा पढ्नुहोस्