जनकनन्दिनी गाउँपालिकाका अधिकृत दाससहित कर्मचारीहरुले बाँधे कालोपट्टी

२०८० भदौ २३ शनिबार
बेलुकी ७:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । 

निजामती कर्मचारी दिवसमा दिवसलाई विरोध तथा बहिष्कार गर्दै कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टि बाँधेर विरोध जनाएको हो । कर्मचारीहरुप्रति सरकारबाट भएको असमान व्यवहारको विरोध जनाउँदै कर्मचारीहरुले दिवसलाई नै बष्हिकार गरेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामति सेवा ऐनको मस्यौदामा असहमति जनाउँदै दिवस बहिष्कार गरेका हुन् । 

जनकनन्दिनी गाउँपालिकाका कर्मचारीहरुले संघीयताको जग स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मानमर्दन हुने गरी तेस्रो दर्जाको कर्मचारीको रुपमा विभेदपूर्ण तथा संघीय कार्यालयका उपल्लो तहका सिमित कर्मचारीहरुको स्वार्थ र पदिय हितमा केन्द्रीत मस्यौदा तयार भएको आरोप लगाउँदै विरोध स्वरुप हातमा कालोपट्टि बाँधेर मौन प्रदर्शन गरे ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा समेत नसमेटिएको अवस्थामा जनकनन्दिनी गाउँपालिकाको कार्यालय मातहतमा कार्यरत स्थानीय सेवाका सम्पूर्ण कर्मचारीहरुले बहिष्कार गरेको प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले बताए । 

सो क्रममा गाउँपालिकाका अधिकृत दाससहित जिन्सी शाखा प्रमुख सँजय यादव, प्राविधिक शाखा प्रमुख मुकेश कुमार मण्डल, सोही शाखाका कर्मचारी अर्जुन मण्डल, सूचना प्रविधि शाखाका ऋषिकेश यादव, लेखा शाखाका अभिषेक यादव, स्वास्थ्य शाखा सँयोजक रविभुषण मण्डल लगायत कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका थिए ।

  • 91%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतले पठायो सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान आदित्य–एल १

  • २०८० भदौ २३ शनिबार

न्यूज ब्यूरो, काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको

पूरा पढ्नुहोस्

Bureau Menus