
न्यूज ब्यूरो, जनकपुरधाम । संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले सँचारमाध्यमहरुलाई जानकारी दिएका हुन् ।
उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।
नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।
दुबईमा चौथो शहदेव मेमोरियल फुटबल कप, ट्रफीमाथि नखिल गुर्खाजको कब्जा
- २०८० भदौ २६ मंगलबार
न्यूज ब्यूरो, दुबई । युएईको दुबईमा ओल्डमंक्स फुटबल क्लब युएईको आयोजनामा सम्पन्न चौथो शहदेव मेमोरियल कप नकआउट फुटबल प्रतियोगिताको ट्रफीमा नखिल गुर्खाजले कब्जा गरेका छन् । शारजाह वन्डर्स स्पोर्टस क्लबमा भएको
पूरा पढ्नुहोस्