न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक छाक टार्न समेत धौधौ पर्ने परिवारलाई विद्युत प्राधिकरणले ९५ हजार रुपैयाँको बिल थमाएपछि बिच्चली भएको छ ।
बाराको आदर्श कोतवाल गाउपालिका वडा
न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक छाक टार्न समेत धौधौ पर्ने परिवारलाई विद्युत प्राधिकरणले ९५ हजार रुपैयाँको बिल थमाएपछि बिच्चली भएको छ ।
बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर १ निवासी योगेन्द्र साहको परिवार अहिले चिन्तामा डुबेका छन्।
साहको पारिवारिक अवस्था एकदमै दयनीय छ। छोरा बुहारीको वियोगमा योगेन्द्र साहले मानसिक संतुलन समेत गुमाइसकेको अवस्था छ।
साहको दुई छोरा मध्ये कान्छो छोरा टिम्मन साह भनिने राजाबाबु शेठले गत २०६९/०७० तिर धान कुट्ने सेलर मेसिन बसाए। सो सेलर बसाउन टिम्मनले आफ्नो ११ कठ्ठा जग्गा बेचिदिएको योगेन्द्र साहले बताए।
त्यतिबेला मिल सम्म लाइन ल्याउन राजाबाबुले आफ्नो निजि लगानीमा तार(पोल खरिद गर्न ६ कठ्ठा जग्गा बेचेको उनको बुबाले बताउनुभयो। धान कुट्ने सेलर मेसिन,गहुँ पिसने चक्की लगायतका मेसिनरी सामग्री खरिद गर्न उनले ५ कठ्ठा र विद्युत तार(पोल ल्याउन ६ कठ्ठा गरि जम्मा ११ कठ्ठा जग्गा बेचेको योगेन्द्र साहले बताउनु भयो।अहिले घडेरी बाहेक एक धुर जग्गा समेत नरहेको योगेन्द्र साहले बताउनुभयो।
साहको श्रीमती राजपत्ती देवि अनुसार मिल छोडेर छोराले बिदेश गए। सेलर मिल बुहारी लक्षमी देवीले चलाउन थालिन्। मेसिन चलाउने क्रममा मेसिनको पट्टामा बेरिएर २०७२ साल तिर बुहारीको मृत्यु भयो।श्रीमतीको वियोगमा विदेशमा रहेका राजाबाबुले पनि आफ्नो मानसिक संतुलन गुमायो। राजाबाबुले त्यहीँ अवस्थामा चितवनमा कमाउन गए र हालसम्म उनको कुनै अत्तोपत्तो छैन्।
नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रले २०७५ साल तिर ८० हजारको बिल पठाएको थियो । सो महसुल समयमा नबुझाउदा प्राधिकरणले २०७५ साल देखि उनको परिवारलाई कालो सुचिमा राखि विद्युत आपूर्ति समेत बन्द गरेको छ। विगत ५ वर्ष देखि उनको परिवार अध्यारोमा जीवन बिताइरहेका छन्।
पारिवारिक अवस्था दिनदिनै दयनीय बन्दै गर्दा बुहारीको मृत्यु पश्चात् ८० हजारमा मिल बेचेर ६० हजार विद्युत महसुल बुझाए र बाकी रहेको २० हजारमा नातिनीको बिहे गरेको रामपत्ति देवीले बताइन्।
बाकी रहेको २० हजार विद्युत महसुलको पेलान्टी बढ्दै २०८० सम्म ९५ हजार पाच सय पुगेको साहले बताइन्। एक छाक टार्न धौधौ पर्ने परिवारलाई ९५ हजारको बिल कसरी तिर्ने भन्दै अहिले दिनरात पुरै परिवार चिन्तामा डुबेका छन्। घर चलाउने एउटी रामपत्ति देवि मात्रै हुन्।
बारा क्षेत्र नम्बर १ मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको निर्वाचन क्षेत्र पनि हो। यसका साथै देशका उपराष्टपति समेत रहनु भएका रामसहाय यादव पनि यसै क्षेत्र अन्तर्गत पर्ने बसवरीयाका हुन्।
उपराष्टपति र मुख्यमन्त्रीको क्षेत्र अन्तर्गत रहेका जनताले कुनै बहानामा दुस्ख नपाउने एक स्थानीयले जिकिर गरे।
आदर्श कोतवाल गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कुश्वाहासँग बुझ्दा साहको परिवारीक अवस्था दयनीय रहेकाले विद्युत महसुल बुझाउन असमर्थ रहेको बताबताए । उनले योगेन्द्र साहलाई विद्युत महसुल बुझाउन वडाबाट २५ हजार सम्म सहयोग गर्ने बताएका छन्।
वडा अध्यक्ष कुश्वाहाले पालिकमा हाकिम नरहेको बताउदै नगर परिषद् पनि भएको छैन यदि नगर परिषद् भए परिषदबाट आर्थिक सहयोग गराउने आश्वासन दिए।
सोही विषयमा गाउपालिका अध्यक्ष जवाहर प्रसाद साहले नगर परिषदबाट केही रकम सहयोग गर्ने बताएका हुन्। कार्यपालिकाको बैठक बसी योगेन्द्रका परिवारका लागि केही आर्थिक सहयोग गर्ने बताएका छन्।
नेपाल बिद्युत प्राधिकरण सिम्रोनगढ वितरण केन्द्रका प्रमुख तैयब अन्सारीले उक्त महसुल कुनै हालतमा बुझाउनुपर्ने बताए। अन्सारीले महसुल मिनाहा गर्ने कुनै कानुनी प्रक्रिया नरहेको बताउदै जनप्रतिनिधिसँग समन्वय गरि सो रकम बुझाइ सो पेलान्टिबाट छुटकारा पाउन आग्रह गरेका छन् ।