सिरहामा महिलामाथि कुटपिट, प्रहरीले दर्ता गरेनन उजुरी

२०८० भदौ २७ बुधबार
बेलुकी ७:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिलामाथि कुटपिट भएको घटनामा प्रहरीले उजुरी दर्ता नगरिएको आरोप लगाईएको छ । 

सिरहाको गोलबजार नगरपालिका वडा नं. २ टुरकिया बस्ने बर्ष ४० की फूलो देवी पासवानलाई सोही स्थान बस्ने केही व्यक्तिहरुले कुटपिट गरेको उजुरी प्रहरीले दर्ता नगरिदिएको गुनासो गरिएको छ । 

सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराउन गएकी फूलोको उजुरीलाई प्रहरीले फालिदिएको आरोप छ । मँगलबार राती करिब ९ः३० बजेको समयमा फूलोको घरमा पसेर केही व्यक्तिहरुले कुटपिट गरेको जनाईएको छ । 

स्थानीय सँतोष राईले आफूलाई कुटपिट गरेको आरोप फूलोले लगाएकी हुन् । गोलबजारस्थित एक नीजी अस्पतालमा उपचाररत रहेकी फूलोको टाउकोमा चोट लागेको उपचारमा सँलग्न डाक्टर आन्दन कुमार यादवले बताए । 

यादवका अनुसार घाइते पासवानलाई भित्री कुटपिट गरेको र टाउकोमा फाईट, मुक्काको डाम समेत रहेको छ । 

आरोपित भनिएका सँतोष राईले आफू ३०÷३५ जनाको समूहमा फूलोको घरमा गएको स्वीकार गरेका छन् । उनले फूलोको छोरालाई खोज्न मात्र गएको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा राईले आफ्नो भाईलाई निर्घात कुटपिट गरेको भन्दै उनको छोरालाई समातेर प्रहरीको जिम्मा लगाउने भन्दै घरमा मात्र गएको बताएका छन् । उनले घरमा गएपनि कसैलाई गाली गलौज वा कुटपिट नगरेको दाबी गरेका छन् । 

आफूलाई पीडित भनिएकी फूलो पासवानले सँतोषले मुक्काले टाउकोमा हानेको बताएकी हुन् । सो सन्दर्भमा निवेदन दिन जाँदा गोलबजार प्रहरीले नलिएको गुनासो गरेकी हुन् । 

यो पनि पढनुहोस्

यस सन्दर्भमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले सो ठाउँमा केही नभएको जानकारी दिए । उनले घटना भनिएको स्थानमा कुटपिटको कुनै जाहेर नगरिएको बताए । 
उनले घटनास्थल जाँदा सबै समान्य रहेको प्रतिक्रिया दिएका छन् । 

केही राजनीतिक व्यक्तिको दबाबमा ईलाका प्रहरी कार्यालय गोलबजारले फूलोको निवेदन दर्ता नगरिदिएको गुनासो उनले पोखिन् । 

यता, घटनास्थलम सुरुमा पुगेका प्रहरीका घुमुवा सँतोष कटुवालले प्रहरी नीरिक्षक कार्कीलाई गलत सूचना प्रवाह गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनले झगडा भएको बताउँदै प्रहरी घुमुवा सँतोष कटुवाल घटनास्थलमा आएको बताए । उनले ईन्सपेक्टरलाई केही घटना नै नभएको जाहेर मात्र गरेको बताईएको छ । 

आरोपित बचाउन घुमुवा प्रहरी सँतोष कटुवालले मिथ्या उजुर गरेको गुनासो गरिएको छ । यस सन्दर्भमा घुमुवा कटुवालसँग  सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 67%
  • 0%

जसपा नेपालको केन्द्रीय सदस्यमा मिश्रको उम्मेदवारी

  • २०८० भदौ २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । यसअघि सँचारकर्मी रहँदै आएकी जसपा नेपालकी स्मृति मिश्रले केन्द्रीय सदस्यमा मनोयन दर्ता गराएकी हुन् ।  जसपा निकट युवा संघबाट राजनीतिक करियर सुरुवात गरेकी स्मृति मिश्रले जसपाको अधिवेशनमा

पूरा पढ्नुहोस्

Bureau Menus