
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल शिक्षक महासंघले शिक्षा विद्येयकमा संशोधनको माग गर्दै आउँदो महिनाको ३ गतेदेखि देशव्यापी रुपमा विद्यालय बन्दको घोषणा गरेको हो ।
महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको शिक्षा विद्येयकमा शिक्षकहरुप्रतिको अन्याय भएको भन्दै संशोधनको मागसहित आगामी असोज ३ गतेदेखि अनिश्चितकालिन विद्यालयहरु बन्दको आह्वान गरेको हो ।
संघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारसँग भएको सम्झौता विपरित सरकारले विद्येयकमा शिक्षक विरुद्धको बुंदाहरु समावेश गरेको भन्दै त्यसको विरोधमा असोज ३ गतेदेखि देशव्यापी रुपमा विद्यालयहरु बन्दको आह्वान गरिएको हो ।
प्रेस विज्ञप्तिमा अस्थायी प्रकृतिको शिक्षकहरुको स्थायीत्वको सबाल, विद्यालय कर्मचारीको सबाल, बालकक्षा शिक्षकको सवाल, अस्थायी अवधी गणना तथा निवृतिभरणको सवाल, शिक्षक बढुवाको सवाल, ग्रेड तथा तलव स्केल विभेदको सवाल, विद्यालयमा प्रधानाध्यापक नियुक्तिको सवाल, पद समायोजन, शिक्षक काउन्सिल, शिक्षकको सरुवा, कार्यसम्पादन र मूल्याँकन, द्धन्द्ध र राजनीतिक पीडित शिक्षक सेवा अवधीको सवाल, शिक्षकको दुर्गम भत्ताको सवाल, विद्यालय व्यवस्थापन समिति संरचना, दरबन्दी हस्तान्तरण, सँस्थागत विद्यालयको शिक्षकको विषय, संविधान प्रदत ट्रेड युनियन अधिकारको सवाल, शिक्षक कर्मचारी पेशागत सुरक्षाको सवाल र पुरानो सुविधा कटौतीको सवाल भन्दै १७ बुंदे संशोधनको माग अघि सारेको हो ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८० भदौ २९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्