'सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार' नारासहित New Life Vision School ले मनायो बालदिवस 

२०८० भदौ २९ शुक्रबार
रति ९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित रहेको न्यू लाईफ भिजन सेकेन्ड्री स्कूलले प्रयोगात्मक प्रतियोगिता गराई बाल दिवस मनाएको छ । 

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार मूल नारासहित न्यू लाईफ भिजन स्कूलले बाल दिवस मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कृषिको साथै घरायसीको कामको बारेमा प्रतियोगिता गराई बालबालिकाहरुलाई व्यवहारिक ज्ञान थपेको विद्यालयका सँस्थापक सुजित कुमार यादवले बताए । 

यादवका अनुसार, बालबालिकाहरुलाई अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा प्रतियोगिता गराई बाल दिवस मनाएको हो । विद्यार्थीहरुलाई विभिन्न विद्यामा समावेश गराईएको उनले बताए । 

बाल दिवसको अवसरमा एक समारोहको आयोजना गरी विद्यालयले नृत्य, कमेडी, कृषि कार्य, घरायसी कार्य, साँगितिक कार्यक्रम गरी बाल दिवस मनाएको सँस्थापक यादवले बताए । उनका अनुसार, बाल दिवसमा बाल अधिकार संरक्षण र बाल अधिकार सम्बन्धी समेत शिक्षकहरुले प्रकाश पारेको बताए । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus