नेविसंघको जिल्ला कार्य समिति नै विधान विपरितः संयोजक यादव

२०८० भदौ ३० शनिबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को धनुषा जिल्ला कार्य समिति विधान विपरित गठन गरिएको आरोप लगाईएको छ । 

धनुषा निर्वाचन क्षेत्र नं. २ को विभिन्न गाउँपालिका, नगरपालिकाको कार्य समिति विस्तार गरेपछि नेविसंघका जिल्ला सभापति सुजित कुमार यादवले कार्य समिति विस्तार नेविसंघको विधान विपरित भएको भन्दै खारेजको लागि सूचना जारी गरेका थिए । 

धनुषा निर्वाचन क्षेत्र नं. २ का नेविसंघ सँयोजक जयनाथ कुमार यादवले शुक्रबार गाउँपालिका, नगरपालिकास्तरीय कार्य समिति चयन गरेपछि जिल्ला सभापति यादवले सो कार्य समितिलाई अवैद्यानिक बताउँदै खारेजी गरेको भनेर विज्ञप्ति जारी गरेको थियो । 

शनिबार साँझ सँयोजक जयनाथ कुमार यादवले पुनः प्रेस विज्ञप्ति जारी गर्दै कार्य समिति चयनको लागि जिल्ला सभापति सुजित कुमार यादवको रोहबरमा छलफल बोलाई उनकै आदेशले समिति चयन गरिएको दाबी गरिएको छ । 

विज्ञप्तीमा आक्रोस पोख्दै यादवले क्षेत्रीय समिति विस्तार नेविसंघको विधान विपरित भए जिल्ला कार्य समिति नै विधान विपरित भएको दाबी उनले गरेका हुन् । यसरी नेविसंघ धनुषामा गुट उपगुट खडा भएपछि आन्तरिक द्धन्द्ध उत्पन्न भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एक छाक टार्न धौधौ परेको साह परिवारलाई प्राधिकरणले थमाए ९५ हजारको बिल

  • २०८० भदौ ३० शनिबार

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक छाक टार्न समेत धौधौ पर्ने परिवारलाई विद्युत प्राधिकरणले ९५ हजार रुपैयाँको बिल थमाएपछि बिच्चली भएको छ ।  बाराको आदर्श कोतवाल गाउपालिका वडा

पूरा पढ्नुहोस्

Bureau Menus