भोली आईतबार इमरजेन्सी बाहेक सबै स्वास्थ्य सेवा बन्द

२०८० भदौ ३० शनिबार
रति ९:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोली आईतबार देशैभरिको स्वास्थ्य सँस्थामा ईमरजेन्सी (आकस्मिक सेवा) बाहेक अन्य सेवाहरु ठप्प हुने भएको छ । 

हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो।

हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डां प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानुनी कारबाही गर्न संघले माग गरेको थियो ।

तर, सरकारले दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा। सञ्जीव तिवारीले विज्ञप्तिमार्फत बताएका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने संघले जनाएको छ ।

संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।

त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन विदेश गइरहेको भन्दै संले अबिलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाको काम अघि बढाउन पनि माग गरेको छ ।

  • 0%
  • 16%
  • 32%
  • 5%
  • 0%
  • 11%

जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला 

  • २०८० भदौ ३० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । स्थानीय अमरेश सिँहकी १७

पूरा पढ्नुहोस्

Bureau Menus