'निनिया रानी' मैथिली लोरी गीत सार्वजनिक 

२०८० भदौ ३१ आइतबार
बिहान १०:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आज भाद्र २९ शुक्रबारका दिन 'निनिया रानी' सार्वजनिक भएको छ।  'निनिया रानी' गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत जगतका ख्याति प्राप्त सङ्गीतकार एवं गायक प्रवेश मल्लिकको सङ्गीत, मैथिली भाषा–सङ्गीतका चर्चित गीतकार विद्यानन्द बेदर्दीको शब्द र मैथिली सङ्गीत क्षेत्रका प्रसिद्ध गायिका नेहा प्रियदर्शनीको स्वर रहेको छ।

उक्त म्यूजिक भिडियोमा यूट्यबमा 'मिथिला-काकी' को रूपमा परिचित रहेकी कलाकार टेस्सा प्रियदर्शनी, बालकलाकारहरू आध्या सिंह र धैवत बैरोलियाको अभिनय रहेको छ।

यस भिडियोलाई राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित मैथिली र भोजपुरी भाषाका लोकप्रिय निर्देशक नितिन नीरा चन्द्रले निर्देशन, बलिउड अभिनेत्री नीतु चन्द्र, नितिन नीरा चन्द्र र शशांक गुप्ताले निर्माण गरेका छन्। 

यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन निर्देशक चन्द्र, डायरेक्सन ऑफ फोटोग्राफी कुन्दन आर्याले गरेका छन् भने म्यूजिक पार्टनरहरू 'म्यूजिक मैथिली' र 'प्रवेश मल्लिक प्रोडक्शन' रहेका छन्। 

लोरी एउटा सुखदायक, सौम्य गीत हो जसले बच्चालाई निदाउँन मदत गर्छ। यहीँ उद्येश्यले निर्माण गरिएको यस गीतमा सन्तान प्रति आमाको प्रेम, आसा र चिन्तन बारे गहिरो ढङ्गले चित्रण गरिएको छ।

'निनिया रानी' कर्णप्रिय धुन, मनमोहक स्वर, आरामदायक शब्द र कल्पनाले भरिएको छ। सुन्ने बित्तिकै मनको वातावरण शान्त बनाउँछ। यस गीतमा आमाले सन्तानको शान्ति, सुरक्षा, सद्बुद्धि एवं प्रगतिको लागि प्रेम गीत गाएकी छिन्। बच्चा ठूलो भएपछि जीवनमा सम्पूर्ण यश प्राप्ति भए ता पनि आमाले आजीवन रूपमा बच्चाको ओठबाट 'मातृभाषा मैथिली' चन्दन झैँ मगमगाएको हेर्न चाहन्छिन्।

सङ्गीतज्ञ प्रवेश मल्लिकले मैथिली मौलिक सङ्गीत क्षेत्रमा कलाकारहरूको सक्रियता कम र नक्कल तर्फ बढि अग्रसर रहेको बताएको छ। श्रोता-दर्शकले पनि त्यसलाई आँखा छोपी अमल गरि रहेका छन्। यो मैथिलीको लागि खतराको संकेत हो। बच्चालाई निदाउनका लागि र सुतेका श्रोता-दर्शक र समाजलाई जागृत गर्न निनिया रानी सौगात रहेको भनेको छ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशः छोरी जन्मेपछि अस्पतालमै शिशु छाडेर आमा फरार !

  • २०८० भदौ ३१ आइतबार

न्यूज ब्यूरो, वीरगँज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् ।  वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी

पूरा पढ्नुहोस्

Bureau Menus