धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार 

२०८० असोज २ मंगलबार
रति ९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तस्करी चोरी नियन्त्रणको लागि धनुषा प्रहरीका प्रमुख अहोरात्र खटिरहेको बेला धनुषा प्रहरीकै एक असई र एक घुमुवा प्रहरीले तस्करीसहित चोरीको मोटरसाईकल पार गराउने गरेको रहस्य बाहिरिएको छ । 

दक्षिणी धनुषाको ईटहर्वा नाकास्थित रहेको प्रहरी चौकी ईटहर्वाका प्रहरी असई दिपेन्द्र कुमार पटेल र सोही प्रहरी चौकीका घुमुवा प्रहरी हबल्दार घनश्याम पाण्डेले सो नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । सो नाकाबाट मात्र दिनहुँ लाखौँको भन्सारी छलीको समान तस्करी हुँदै आएको छ । 

मुख्य सडक सँजाल नभएको कारणले सो नाका तस्करहरुको लागि चोरनाकाको रुपमा परिचालित देखिएको छ । धनुषा प्रहरीले समेत सो नाकालाई हलुको लिँदा सोको फाईदा असई पटेल र घुमुवा पाण्डले पूर्णतः उठाइरहेका छन् । 

अन्य नाकाहरुमा सशस्त्र प्रहरी, जनपद प्रहरीले समेत कडाई गरेपछि लुकिछिपी सो नाकाबाट लाखौँको समान दैनिक रुपमा तस्करी गराउन असई पटेल र घुमुवा पाण्डेले सहयोग गर्दै आएका छन् । चल्ताफिर्ता सडक सँजाल नभएको फाईदा उठाउँदै उनीहरुले तस्करको लाईन सोही नाकाबाट अहिले जारी रहेको छ । नामुद तस्करहरुसहित धनुषाका चर्चामा रहँदै आएका तस्करहरुको लाईन पनि सोही नाकाबाट दिने गरिएको छ । 

महिनाथपुर, दुहबी, धनौजी नाकामा कडाई हुने गरेको छ , तर सोही नाकाहरुसँगै रहेको सानो नाका मानिएको इटहर्वा नाकामा सरोकारबालाको अपहुँचको फाईदा उठाउँदै पटेल र पाण्डेले तस्करीको ट्रान्जिट प्वाईन्ट बनाएका हुन् । 

सोही क्रममा धनुषाबाट चोरी हुने मोटरसाईकल भारतसम्म पुरयाउने नाकाको रुपमा ईटहर्वा नाका रहेको छ । अन्य नाकामा चुस्त गस्ती रहेको बेला चोरहरुले सोही नाकाबाट चोरीका मोटरसाईकलहरु भारत पुरयाउने गरेको नाम नखोल्नेत शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, कुनै पनि कागजपत्र नै नभएको मोटरसाईकललाई जिल्ला पुरयाईदिन्छु भन्दै पाँच हजार रुपैयाँ लिएर जान दिएको थियो । 

कागज पत्र नभएको सवारी चोरीको सवारी ठहरिन्छ् । सो नाकाबाट जनकपुरसहित अन्य ठाउँबाट चोरी हुने मोटरसाईकल भारत पुरयाउन चोरहरुले समेत दुवै जनालाई कमिशन दिने गरेको खुलेको छ । सुरुमा उनीहरुले चोरसँग महिनबारी तोक्न भनेपनि चोरहरुले मोटरसाईकल वापत मात्र दिने सहमति समेत गरेको बताईएको छ । 

असई पटेल र घुमुवा पाण्डेले सो नाकाबाट कपडा व्यापारी सुदिप, बतुल्लाह, धनबीर जस्ता तस्करलाई सहयोग गर्दै आएका छन् भने हिरा साह नामक तस्करलाई जनकपुरमा जाने किरानाको समानको तस्करी गराउने गरिएको छ । 

  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 3%

तराईमा पानीको सँकट आयो, पानीको मुहान रिचार्ज गर्नुपर्छः पूर्व कृषिमन्त्री कुशवाहा 

  • २०८० असोज २ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले तराई मधेशमा पानीको सँकट आउन थालेको बताएका छन् ।    गत गर्मी मौसममा तराई मधेशका अधिकांश ठाऊमा पानीका लागी त्राहिमाम

पूरा पढ्नुहोस्

Bureau Menus