
न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।
आईतबार दिउँसो करिब २ः३० बजेको समयमा सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने २५ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतका अनुसार, दिउँसो तीब्र गतिमा चलाएको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । उनीहरुको सनाखत अझै हुन सकेको छैनन् ।
सोही दुर्घटनामा घाईते भएका २५ जनाको उपचार स्थानीय अस्पतालहरुमा भईरहेको तथा गम्भिर घाईतेहरुलाई सिरहा पठाएको बताए ।
बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
नेपाली क्रिकेटरलाई पुरस्कारको घोषणा गरेका शहिदनगरका मेयर यादवले अझै दिएन पुरस्कार
- २०८० असोज १४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले क्रिकेटरको लागि घोषणा गरेको पुरस्कार अझै दिएका छैनन् । गत भदौ १९ गते नेपाल–भारतबीच भएको एसिया कपको क्रममा मेयर यादवले
पूरा पढ्नुहोस्