धनुषा प्रहरीले समाते ३८ वटा मुर्गा

२०८० असोज १४ आइतबार
बेलुकी ७:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले आईतबार ३८ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय यदुकूहाले बेच्नको लागि लैजाँदै गरेको ३८ वटा कुखुरा समातेर नष्ट गरेपछि तस्विर सार्वजनिक गरेको हो । 

भारतबाट भन्सार छली गरी शहिदनगर नगरपालिकाको यदुकूहा तर्फ लैजाँदै गरेको अवस्थामा कमला नगरपालिका वडा नं. २ सराबेस्थितबाट कुखुरा पक्राउ गरेको हो । सराबेको केही भाग शहिदनगर नगरपालिकामा समेत पर्ने गरेको छ । सो क्षेत्र ईलाका प्रहरी कार्यालय यदुकूहा र ईलाका प्रहरी कार्यालय खजुरीको सीमाको रुपमा रहेको छ । 

मोटरसाईकलमा लैजाँदै गरेको अवस्थामा १ क्वीन्टल १४ किलो कुखुरा प्रहरीलाई देख्नासाथ कुखुरा फालेर भागेको प्रहरीले जनाएको छ । मोसामा लादिएको सो कुखुरा मोटरसाईकलबाट फालेर भागेको प्रहरीले उदृत गरेको छ । 

पक्राउ गरिएको कुखुरा स्थानीय जनप्रतिनीधि, पत्रकार, अधिकारकर्मी, स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।

  • 25%
  • 25%
  • 25%
  • 0%
  • 0%
  • 25%

TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय

  • २०८० असोज १४ आइतबार

एजेन्सी ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको

पूरा पढ्नुहोस्

Bureau Menus