सशस्त्र प्रहरीद्धारा १०० वाकीटाकी पक्राउ 

२०८० असोज १५ सोमबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । सशस्त्र प्रहरी बल सप्तरीले १०० वटा वाकीटोकी पक्राउ गरेको छ । 

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक सय थान वाकीटाकी सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राति छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको छ । 

गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउकोमा बोकेर वाकीटाकी ल्याउँदै गरेका एक जना व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए । 

करिब ८ लाख मूल्य बराबरको उक्त वाकीटाकीलाई आइतबार आवश्यक कारबाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 50%

सप्तरी युथ नेपाल आजदेखि सरकार विरुद्ध धर्नामा 

  • २०८० असोज १५ सोमबार

न्यूज ब्यूरो, राजविराज ।  सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ। गत आइतबारबाट थालेको आन्दोलनको पाँचौँ दिन बिहीबार युवाहरूले निर्धारित कार्यक्रमअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus