
न्यूज ब्यूरो, जनकपुरधाम । श्रीमती, छोराछोरी समेत राखेर महन्त बनेका एक जना साधुले जनकपुरधामको अत्यन्त महँगो मानिने ८ बिघा जमिन बेचेको आरोप लागेको छ ।
सपरिवार नै भारतको नागरिक रहेका रामकिशोर झाले नेपाली नागरिकता पनि प्राप्त गरेका छन् । उनले नेपाली नागरिकताको प्रयोग गरी मठको करोडौं रुपैयाँ मूल्य भएको ८ बिघा बढी जग्गा बिक्री गरेका छन् । नागरिकता र भारत निर्वाचन आयोगको परिचय पत्रमा रामकिशोर झा नाम उल्लेख रहे पनि उनी आफूलाई रामकिशोर दासको रुपमा स्थापित गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ बाट १७११०२/१६६३ नम्बरको नागरिकता प्राप्त गरेका झाले भारत निर्वाचन आयोगबाट AAY २४२०२५६ नम्बरको मतदाता परिचय पत्र प्राप्त गरेका छन् । उनका पिता हरेराम झाको पनि भारत निर्वाचन आयोगको परिचय पत्र रहेको छ । उनकी आमा सरोज देवी पनि भारतमा मतदाता परिचय पत्र प्राप्त भारतीय नागरिक छन् । रामकिशोर झाकी पत्नी साधना देवी पनि भारतीय नागरिक हुन् । भारत निर्वाचन आयोगबाट उनले AAY २१२१०९३ नम्बरको मतदाता परिचय पत्र प्राप्त गरेकी छन् ।
भारतको बिहार राज्यको मधुवनी जिल्लाको मुरलिया चक ग्राम पञ्चायतमा रामकिशोर झाको घर रहेको छ । उनका पिता हरेराम झा पनि भारतीय नागरिक नै रहेका छन् ।
स्थानीय बासिन्दाहरुका अनुसार झाले छोटो समयमा नै जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ मा अवस्थित बिहार कुण्डको रघुबर कुञ्ज मन्दिरको स्वामित्वमा रहेको ८ बिघा भन्दा बढी जमिन बिक्री गरिसकेका छन् । अझै १० कठ्ठा जग्गा रघुबर कुञ्जको बाँकी रहेको छ । सो जग्गा पनि झाले बिक्री गर्ने तयारी गरिसकेका छन् । झाले मठको अत्यन्त महँगा जग्गाहरु बेचेर भारतीय गाउँ मुरलिया चकमा घर जग्गा जोडेका छन् ।
मठमा उनकी पत्नी र छोराहरु समेत रहने गरेको स्थानीयबासीहरुको भनाइ रहेको छ । झा भन्दा पूर्व रघुबर कुञ्जका महन्थ नातामा उनका काका रहेका थिए । महन्थ भएकै कारण उनले विवाह गरेका थिएनन् ।
रामकिशोर झाले विवाह नगर्ने शर्तमा काकाको चेला भएर मठका महन्त बनेको स्थानीयहरुले बताएका छन् । झाले आफ्ना छोराको जन्मदर्ता बनाउने प्रयास गरेपछि उनी नेपाल र भारत दुबै देशको नागरिक रहेको रहस्य खुलेको छ । झा दुई देशका नागरिक रहेकाले उनका छोराको जन्मदर्ता बनेको छैन् ।
नागरिकतामा गडबडी गरेकै कारण भवेश झा भन्ने एकजना पुर्पक्षका लागि थुनामा रहेका छन् । भारतीय नागरिक रहेका उनी नेपालको दुई स्थानबाट नागरिकता लिएका छन् ।
स्थानीय बासिन्दाहरुले झाको नागरिकता उपर तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई गुहारेका छन् । दोहोरो नागरिकता लिएका झालाई कारबाही गरी उनले किर्ते नागरिकताबाट गरेको जग्गा बेचबिखन फिर्ताको प्रकृया थाल्न समेत उनीहरुको माग छ ।
यस सम्बन्धमा झाको मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा स्विच अफ बताइएको छ । जनकपुरधाममा बिक्री गरेको जग्गाहरुबाट आएको नगद भारतीय बैंकमा जम्मा गरेको बताइएको छ ।
मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
- २०८० असोज १६ मंगलबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार
पूरा पढ्नुहोस्