न्यूज ब्यूरो, सिरहा । दशैँमा काठमान्डौँ पठाउन गोदाममा राखिएको एक करोड बढीको अवैद्य कपडा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल सिरहाले घरमा लुकाईछिपाई राखेको अवस्थामा छापामारी गरी १ करोड बढी मूल्य बराबरको कपडा बरामद गरेको हो । काठमान्डौँ पठाउने उदेश्यले भन्सार छली गरी ल्याएर सिरहाको तारापट्टि ईलाकामा भन्सार छली गरी लुकाएको अवस्थामा बरामद गरिएको हो ।
मँगलबार सशस्त्र प्रहरीले बिशेष सुचनाको आधारमा जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १८ तारापट्टी ईलाकामा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको सो कपडा बरामद गरिएको हो । यद्यपी, सशस्त्र प्रहरीले अन्दाजी ८० लाख मूल्य बराबरको कपडा मात्र बरामद भएको जनाएको छ ।
पछिल्लो समय नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाले बिशेष योजना बनाई अवैध चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा सक्रियता जनाएको हो ।
सशस्त्र प्रहरीले सक्रियता जनाएपछि सिरहा जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा नियन्त्रणमा लिन सफल भएको बताईएको छ ।
बिगत २/४ दिन देखि सिरहा जिल्लामा राजस्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं ७ गण हेडक्वाटर सिरहाको संयुक्त परिचालनमा गत असोज १३ गते ४० लाख बराबरको कपडा र सोमबार २५ लाख बराबरको कपडा बरामद गरेको जनाएको छ ।
उक्त गणले नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने प्रकृयामा रहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो
- २०८० असोज १६ मंगलबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै
पूरा पढ्नुहोस्